Navigation
Sports & Culture

उधौलि तथा किरात सम्बतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

Sep 22, 2023

एनआरएनएन एनसीसी कतारद्धारा १६डिसेम्बर २०१३ का दिन किरात राई, याख्थुङवा (लिम्बु), सुनुवार तथा भुजेल जातीहरुले परंपरा देखि मनाउदै आएका राष्ट्रिय पर्व उधौलि तथा किरात सम्बत ५०७३ को अवसरमा १६डिसेम्बर २०१३का दिन दोहामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो । अध्यष मक्सुद आलमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एनसीसी कतारका सल्लाहकार संयोजक अमृत गुरुङ, सल्लहकारहरु दिल किरण खजुम, बिमल सुबेदी, बिनेश तामाङ, रविकान्त लाल, कानुनि सल्लहकार मो. रमजान अलि मिया, आइसीसी पुर्व उपाध्यक्ष सागर नेपाल, किरात राई यायोख्खा अध्यक्ष धिरज चाम्लिङ, किरात याख्तुङ चुम्लुङ अध्यक्ष लोकेन्द्र तुम्रोक, सुनुवार सेवा समाज कार्यबहाक अध्यक्ष किशोर सुनुवार लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, एनसीसीका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यमक्रममा वक्ताहरुले एनसीसीले राष्ट्रिय पर्वहरु मनाउने नयाँ शुरुवाती गरेकोमा खुशि व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो ।Kirat