Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको १५औं स्थापना दिवस कार्यक्रम सम्पन्न ।

Sep 25, 2023
दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा आयोजित १५औं स्थापना दिवस कार्यक्रम गत १५ डिसेम्बर २०१७ का दिन दोहा स्थित द गार्डेन भिलेज होटेलको सभा हलमा भव्य रुपमा सम्पन्न भएको छ । महासचिव बुधवल गुरुङद्वारा संचालित कार्यक्रम अध्यक्ष नगेन्द्र (नविन) पोखरेलको अध्यक्षतामा र नेपाली राजदुतावास कतारका प्रथम सचिव नितेश सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिहरु एनआरनए मध्यपुर्व क्षेत्रिय संयोजक आर.के. शर्मा, एनआरनए आईसीसी मानार्थ परिषद सदस्यहरु नरेन्द्र भाट, कमलमणी गुरागाई, बिल बहादुर गुरुङ, आइसीसी सदस्य बिमल सुबेदी, आईसीसी सदस्य तथा कतार प्रतिनिधि कुमार कार्की, आईसीसी सदस्य बिनोद भट्टराई तथा एनसीसी कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष बिनेश तामाङ रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा एनआरनए आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, एनआरनए एनसीसी कतारका सल्लाहकाहरु चुडामणी कार्की, मो. मुक्तदा मुसलमान, धन बहादुर बलायर, एनआरनए एनसीसी पूर्व उपाध्यक्ष सुक बहादुर तामाङ अतिथिको रुपमा रहनुभएको थियो । त्यसैगरी प्रवासी नेपाली मंच कतारक अध्यक्ष चानख पोखरेल, जनसम्पर्क समिति कतारका महामन्त्री मो. अजिज अलि, तराई मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रतिनिधि, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली महिला समाज कतारकी महासचिव अम्बिका खत्री अतिथिको रुपमा रहनुभएको थियो । त्यसैगरी एनआरएनएका अग्रज अभियन्ताहरु साथै कतारमा स्थापना भई सामाजिक कार्यमा कृयाशील विभिन्न संघ-संस्थाहरु, जातीय, धार्मिक, जिल्ला संस्थाहरु, सांस्कृतिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी तथा विभिन्न व्यक्तित्वहरु र पार्षदहरुको बाक्लो उपस्थिति रहेका थिए । कार्यक्रमको सुरुवातमा राष्ट्रियगान प्रस्तुत संगै उपस्थिति सम्पूर्णलाई संघका प्रथम उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य द्वारा स्वागत गरिएको थियो । प्रमुख अतिथि नेपाली राजदुतावास कतारका प्रथम सचिव नितेश सापकोटाले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो । एनआरएनए एनसीसी कतारका अध्यक्ष, पूर्व अध्यक्षहरु र पूर्व पदाधिकारीहरु तथा सदस्यहरुले १५ औं स्थापना दिवसको केक काटेर एक अर्कालाई खुवाई खुशियाली मनाएका थिए । कार्यक्रममा एनआरएनए एनसीसी कतारको RIVER OF LIFE प्रस्तुत गरिएको थियो भने वर्तमान कार्यसमितिको १०० दिन कार्यप्रगति पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कतारका प्रथम सचिव नितेश सापकोटाले आफ्नो मन्तव्य द्वारा एनआरएनए एनसीसी कतारको उत्तरोत्तर प्रगतिको कामना सहित १५ औं स्थापना दिवसको शुभकामना दिनुभएको थियो । त्यसैगरी शुभकामना मन्तव्य राख्ने क्रममा मध्यपुर्व क्षेत्रिय संयोजक आर.के. शर्मा, एनआरनए आईसीसी मानार्थ परिषद सदस्यहरु नरेन्द्र भाट, कमलमणी गुरागाई, विल गुरुङ, आईसीसी सदस्य बिमल सुबेदी, अईसीसी सदस्य तथा कतार प्रतिनिधि कुमार कार्की आईसीसी सदस्य बिनोद भट्टराईले मन्तव्यद्वारा १५ औं स्थापना दिवसको शुभकामान दिनुभएको थियो । एनसीसी प्रमुख सल्लाककार तथा निवर्तमान अध्यक्ष बिनेश तामाङ, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मो.अजिज अलि, तराई मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली महिला समाजकी महासचिव अम्बिका खत्रीले शुभकामना दिनुभएको थियो । त्यसैगरी सम्पूर्ण जिल्ला संस्थाहरुको तर्फबाट प्रदेश नं. १ अन्तर्गत ईलाम सेवा समाज कतारका अध्यक्ष धन बहादुर बिक र पार्षदहरुका तर्फबाट हरिकृष्ण रिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आईसीसी मानार्थ परिषद सदस्यहरु र आईसीसी सदस्यहरुलाई सभापति तथा प्रमुख अतिथिले खादा लगाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा लामो समयदेखि कतारमा रही पत्रकारिता गर्दै आउनुभएका नेपाल पत्रकार महासंघ शाखा कतारका पूर्व अध्यक्ष रबि भट्ट `रोशी` कतार बसाईलाई अन्त्य गरी स्वदेश फर्कदै गरेको पूर्व सन्ध्यामा एनआरएनए एनसीसी कतारको तर्फबाट बिदाई तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र (नबिन) पोखरेलले १५ औं स्थापना दिवसको हार्दिक बधाई सहित उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यकम समापन गर्नुभएको थियो । अशोक तामाङ प्रवक्ता एनआरनए एनसीसी कतार