Navigation
NRNA Qatar News

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कार्य समितिको (२०१७-२०१९) पहिलो बैठकको निर्णयहरु

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कार्य समितिको (२०१७-२०१९) पहिलो बैठक अध्यक्ष श्री नगेन्द्र प्रसाद (नविन) पोख्रेलको अध्यक्षतामा बसी निम्नानुसारको निर्णय गरेको छ। १.बैठकले निवर्तमान कार्य समितिले सफलता पूर्वक कार्यसम्पादन गरी कार्यभार हस्तान्तरण गरेकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेको छ । २. कार्यसमितिको पदपूर्तिका लागि मनोनित ३ (तीन ) दस्यहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको विधान २००३ (आठौं संशोधन २०१७) को दफा १६.२ को (१७) अनुसार अशोक सिङदान, रमेश भट्ट र बबीन राईलाई मनोनित गरेको छ । ३. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको विधान २००३ (आठौं संशोधन २०१७) को दफा २७ अनुसार पछि एक जना थप हुने गरी निवर्तमान अध्यक्ष विनेश कुमार तामाङ्गको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ । प्रमुख सल्लाहकार : विनेश कुमार तामाङ्ग, सल्लाहकार सदस्यहरुमा गुरुनारायण रानाभाट, दिलकिरण खजुम, क्रान्ति सिंह, बील बहादुर गुरुङ, चुडामणि कार्की, मो. मुक्तदा मुसलमान, मो. साकिर अली, होमनाथ शर्मा, धन बहादुर बलायर, भाई काजी गुरुङ, तिर्थ संगम राई रहेका छन् । ४.गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको विधान २००३ (आठौं संशोधन २०१७) को दफा १६.२ को (१८) अनुसार अनुसार अशोक सिङदानलाई प्रवक्ता तोकिएको छ बंठकले विभिन्न समिति गठन गरी कार्य विभाजन समेत गरिएको छ ।