Navigation
NRNA Qatar News

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशन निर्वाचन समितिको सुचना !!

Sep 25, 2023
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशन निर्वाचन समितिको सुचना !! प्रस्तुत सम्वन्धमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको छैठौ राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचन सत्रलाई सम्पन्न गर्नका लागि चौथो तथा अन्तिम परिषद् भेलाले निर्वाचन समिति गठन गरि जिम्मेवारी दिएको तथा एनसीसी कतारले पंजिकृत सदस्यता वितरण गरी अन्तिम नामावली प्रकाशन गर्दै सो नामावली सहित निर्वाचन सम्बन्धि आवाश्यक कार्यक्रमहरु अगाडी बढाउन अनुरोध गरे बमोजिम छैठौ राष्ट्रिय महाधिवेशन निर्वाचन समितिद्धारा तपशिल बमोजिमको निर्वाचन सम्वन्धि कार्यक्रमहरु सार्वजनिक गरिएकोछ । एनआरएनए एनसिसि कतारको १४ अगष्ट २०१५ मा संम्पन्न हुने छटौै राष्ट्रिय महाधिवेशन समारोह तथा २१ अगष्ट २०१५ मा संम्पन्न हुने निर्वाचन सत्रलाई सफल पार्नका लागि सम्पूर्ण पंजिकृत सदस्यहरुलाई हार्दिक आह्वान गर्दै निम्न वमोजिमको कार्यतालिका र निर्र्दे्शिकाले दिएको अधिकार तथा निर्र्दे्शिकामा आधारित रहेर तयार पारिएको निर्वाचन समितीको नियमलाई पालना गर्दै तोकेका कार्यक्रम र समयभित्र आफ्नो उम्मेद्धारी दिने तथा अन्य कार्यमा सहयोग गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं । उमेद्धारको योग्यता, पूरा गर्नु पर्ने सर्तहरु र पालना गर्नु पर्ने आचार संहिताहरु । १.निर्देशिकामा भएको व्यवस्था भए अनुसार सबै पदमा उमेद्धारी दिनका लागी गैरआवसिय नेपालाी संघ राष्ट्रिय समन्वय परिषद कतारको पंजिकृत सदस्यता अनिवार्य लिएको हुनु पर्नेछ । १.१.आईसिसि सदस्यको उमेद्धार हुनका लागी कम्तिमा एक कार्यकाल एनसिसिको कार्यसमिती भित्र वसेर काम गरेको हुनु पर्नेछ । १.२.एनसिसि अध्यक्ष पदका उमेद्धार हुनका लागी कम्तिमा एक कार्यकाल एनसिसिको कार्यसमिती, सल्लाहकार समिती वा उपसमितहरुमा वसेर काम गरेको हुनु पर्नेछ । १.३ एनसिसि महासचिव पदको उमेद्धार वन्नको लागी पंजिकृत सदस्यको रुपमा एक कार्यकाल पुरा गरेको हुनु पर्नेछ । २. प्रत्येक उमेद्धारले एक–एक जना पंजिकृत सदस्यहरुलाई प्रस्तावक र संर्मथकको रुपमा राख्नु पर्नेछ।साथै एक जना पंजिकृत सदस्यले एक जना उमेद्धारको लागी मात्र प्रस्थावक वा समर्थक रहन पाउने छ । ३. आईसिसि सदस्यहरु, एनसिसि अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिव, कोषअध्यक्ष, छ जना खुला सदस्य र युवा संयोजक गरी १५ जनाको निर्बाचन सम्पूर्ण पंजिकृत सदस्यहरुको मतदानबाट हुनेछ । ४.नेपालका ५ विकास क्षेत्रहरुको प्रतिनिधित्व गर्ने पंजिकृत सदस्यहरु मध्येबाट एक–एक जनाका दरले क्षेत्रगत रुपमा निर्वाचित हुनेछन् । सम्बन्धित विकास क्षेत्रका पंजिकृत सदस्यहरुले मात्र उमेद्धारी दिन र मतदान गर्न पाउने छन् । साथै उमेद्धारहररुको प्रस्तावक र समर्थक पनि संम्वन्धित विकास क्षेत्रको पंजिकृत सदस्य हुनु पर्नेछ । ५.एक जना महिला संयोजक र एक जना महिला सदस्य महिला पंजिकृत सदस्यहरुवाट निर्वाचित हुनेछन्।साथै आदिवासी जनजाति समुदायबाट २ जना, मुस्लिम समुदायवाट २ जना, तराई मधेस समुदायवाट २ जना र दलित समुदायबाट २ जना सदस्यहरु सम्बन्धित समुदायका पंजीकृत सदस्यहरुमध्येबाट निर्बाचित हुनेछन् । ६. एक व्यक्तिले एक पदमा मात्र उम्मेदवारी दिन पाउने छन् । ७. एनआरएनए एनसिसि कतारको परियच पत्र विना मतदान गर्न पाईने छैन (परिचयपत्र मतदान हलमा प्रवेश गर्नुभन्दा अगाडि एनसिसि कतारले वितरण गरिसक्नेछ । ८. निर्वाचन समितिमा रहेका कुनैपनि सदस्यहरुले कुनै पनि उमेद्धारको प्रस्तावक, समर्थक बस्ने तथा कसैको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन पाइने छैन । ९.उमेद्धारहरुले आफ्नो प्यानल खडागरि सामुहिक उमेद्धारी दिन तथा प्रचार प्रसार गर्न पाईने छैन । १०.एक उमेद्धारले अर्को उमेद्धारको प्रस्तावक र समर्थक हुन पाइने छैन । ११.राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिक आधारमा कुनै समुह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार–प्रसार गर्न पाईने छैन । अन्तर्रािष्ट्रय समन्वय परिषद सदस्यको उमेद्वार तथा राष्ट्रिय समन्वय परिषदका सबै उमेद्वारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्धारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने छ । कुनै उमेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । निर्धारित आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेमा निर्वाचन समितिले मनोनयन रद्द गर्न सक्ने छ । १२. कुनै पनि उमेद्धारहरुले एक अर्काका विरुद्ध व्यक्तिगत टिका–टिप्पणि तथा गाली गलौच गर्न पाईने छैन । यस प्रकारको कार्यमा संलग्न भएको प्रमाणित भएमा त्यस्ता उमेद्धारहरुको उमेद्धारी समेत खारेजी गर्न समेत सकिने छ । १३. कुनै पनि उमेद्धारले सार्वजानिक स्थान, विद्युतिय संचार माध्यम, सामाजिक सञ्जाल, सार्वजानिक सभा –समारोह तथा पत्रपत्रिका लगाएतका संचार माध्यमहरुमा आचारसंहिता उलंघन गरेको पाईएमा वा उजुरि परेमा छानविन गरि कारवाही अगाडि बढाइने छ । यस्तो अवस्थामा उमेद्धारको उमेद्धारी खारेजि समेत हुन सक्ने छ । १४. मतदातालाई आर्थिक लगाएतका कुनैपनि प्रलोभनमा प्रयोग गर्न पाईने छैन । साथै मतदाताहरुलाई धाक धम्की दिई भौतिक तथा मानसिक तनाव पनि दिन पाइने छैन । यस्तो गरेको पाईएमा उमेद्धारको उमेद्धारी रद्ध तथा उमेद्धार नभएका सदस्यहरुले गरेको पाइएमा निजको सदस्यता खारेजीको सिफारिस समेत गरिनेछ । १५.उमेद्धारहरुले उमेद्धारी दर्ता गराउदा निर्धाारित शुल्क सहित रित पूर्वक भरिएको फारमका साथ उमेद्धारी दर्ता गराउनु पर्नेछ। दर्ता शुल्क निम्न वमोजिम हुनेछ ः– आईसिसि सदस्य र एनसिसि अध्यक्ष कतारी रियाल ७५०/– मात्र । एनसिसि २ उपाध्यक्ष र महासचिव कतारी रियाल ५००/– मात्र । एनसिसि सचिव, कोषाध्यक्ष, युवा संयोजक र महिला संयोजक ४००/– मात्र । एनसिसि सदस्यहरु कतारी रियाल १००/– मात्र । १६. निर्वाचन समितिको निर्णयनै अन्तिम निर्णय हुने छ । निर्वाचन तालिका १ उमेद्धारी दर्ता २४ जुलाई २०१५ विहान १२ः०० बजे देखि वेलुकी ६ः०० बजे सम्म , स्थान - गोल्डेन फोक्र्र रेष्टुरेण्ट । २ उमेद्धारको प्रथम नामावली प्रकाशन गर्ने २४ जुलाई २०१५ वेलुका ८ः०० बजे एनआरएनए एनसीसी कतारको वेभ पेज,फेसबुक तथा अनलाईन मिडिया मार्फत । ३ उमेद्धारी वारे दावि विरोध २५ देखी २७ जुलाई २०१५ वेलुका ६.०० वजे सम्म । ४ उमेद्धारी फिर्ता लिने २५ जुलाई देखि ७ अगष्ट,२०१५ वेलुका ६.०० वजे सम्ममा । ५ उमेद्धारको अन्तिम नामावली ७ अगष्ट, २०१५ वेलुकि १०.०० वजे, एनआरएनए एनसीसी कतारको वेभ पेज, फेसबुक तथा अनलाईन मिडिया मार्फत । ६ छैठौ राष्ट्रिय महाधिवेशन १४ अगष्ट २०१५ विहान १०.३० बजे देखि,स्थान - कोरल होटल, पुरानो सलता । ७ निर्वाचन २१ अगष्ट, २०१५ बिहान ७ः०० वजेबाट सुरु , स्थान - पछि तोकिनेछ । ८ मत गणनाको परिणाम घोषणा २२ अगष्ट, २०१५ मत गणना सकिना साथ, स्थान - पछि तोकिनेछ । आवश्यक थप जानकारीका लागी निर्वाचन समितीका सदस्यहरुको नामवली देहाय वमोजिम रहेको छ। संयोजक गुरु नारायण रानाभाट ३०९९२२३१ [email protected] सदस्यहरु :- युवराज पाठक ७७१६९२९२ [email protected] केवी हमाल ६६६९७२८२ [email protected] गणेश सिवा ३३३०३०७४ [email protected] देवराज राई ३०३९३९५७ [email protected] महतव आलम ३३०४१२१३ [email protected] रामु बस्याल ६६००८६६४ [email protected] प्रताप ढुङ्गाना ७७४६२४८० [email protected] असंद हुसेन मुसलमान ६६२२७०५९ [email protected] http://nrnaqatar.org/…/2015/07/Election-Committee-Notice_1-… धन्यवाद ।