Navigation
NRNA Qatar News

कतार सरकारद्वारा नेपाली समुदायलाई डेढ करोड बढीको खाद्यान्न सहयोग

Sep 25, 2023
दोहा, कतार
कोरोना भाइरसको कारण समस्यामा परेका कतार स्थित नेपाली समुदायलाई कतार सरकारले शुक्रबार डेढ करोड बढीको खाद्यान्नको सहयोग गरेको छ ।  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको विशेष पहलमा कतार सरकारको गृह मन्त्रालयले कतार च्यारिटी मार्फत १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको पाँच हजार खाद्यान्नको प्याकेज प्रदान गरेको हो ।
नेपाली समुदायलाई सहयोग प्रदान गरेकोमा कतार सरकार र राहत प्याकेज ब्यवस्थापनका लागि सहयोग गर्ने नेपाली राजदूतावास कतार परिवार प्रती एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघले विभिन्न चरणमा हाल सम्म १ हजार दुई सय बढी समस्यामा परेका श्रमिकलाई राहत बितरण गरिसकेको संघ प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।
गैर आवासिय नेपाली संघले श्रमिक कोष र नेपाली राजदुतावासको समन्वय र कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटिको सहयोगमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न बितरण गर्दै आएको छ ।
यसैबिच संघले नेपाली श्रमिकहरु खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने भएमा एनसीसी कतारको अफिसियल इमेल [email protected]/ आधिकारिक फेसबुकको ईनबक्स वा 74449592/ 50129900/ 70909722 मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।