Navigation
NRNA Qatar News

एनआरएनए कतारद्वारा भ्रमण बर्षको लागि हेल्प डेस्क स्थापना

Sep 25, 2023
दोहा, कतार गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारले नेपाल भ्रमण बर्ष सन् २०२०को लागि हेल्प डेस्क स्थापना गरेको छ । नेपाली राजदुतावास कतारमा मंगलबार साझ एक कार्यक्रमका बिच कतारका लागी नेपाली राजदुत डा. नारदनाथ भारद्वाज वाग्लेले हेल्प डेस्कको उद्घाटन गर्नुभएको हो । हेल्प डेस्कको उद्घाटन गर्दै राजदुत भारद्वाजले भ्रमण बर्षको अवधीमा प्रत्येक नेपालीले कतारी संगै यहाँ कार्यरत अन्य देशक ब्यक्तिहरुलाई नेपाल पठाउन सके नेपाल भ्रमण बर्ष सफल हुने बताउनुभयो । राजदुत भारद्वाजले अरब बिश्व अर्थतन्त्रको केन्द्र बन्दै गएकोमा कतार प्रमुख रहेको भन्दै कतारको विकास सङ्ग नेपाललाई जोडनु नै आफ्नो प्रमुख उदेश्य रहेको बताउनुभयो । नेपालले सरकारले कतार स्थित राजदुतावासलाई प्राथमिकतामा राखेको र कतार सरकार तथा जनता पनि नेपाललाई सहयोग गर्न इच्छुक रहेकोले आर्थिक कुटनैतिक नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । कार्यक्रममा आइसिसी सदस्य एवं भ्रमण बर्षको लागी एनआरएनका मध्यपुर्व संयोजक रमेश भट्टले एनआरएनएले भ्रमण बर्षको लागी गरेको तयारी बारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापन गर्दै एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउनु सबैको दायित्व रहेको भन्दै आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गर्नुभयो । एनआरएन अभियानता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उत्तम गुरुङले गर्नुभएको थियो भने सन्चालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।