Navigation
NRNA Qatar News

एनआएनए एनसीसी कतार र संघ संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २ फरवरी २०१८ का दिन "संस्थागत समस्या र समाधानका उपायहरु" विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कतारमा स्थापित रहि कार्यरत वैचारिक, भौगोलिक, साहित्यिक तथा सांस्कृतिक र सामुदायिक संस्थाहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । साहित्यीक संस्था / सांगितिक संस्था - १ समूह, भौगोलिक हिसाबका संस्थाहरुको - २ समूह (समूह नं १ - प्रदेश नं. १,२,३, समूह २ - प्रदेश नं. ४,५,६,७), सामुदायिक संस्थाहरु - १ समूह, वैचारिक संस्थाहरुको - १ समूह गरी कुल ५ समूहमा विभाजन गरि छलफलका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त समूहरुबाट नै प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरुलाई संयोजक - कमलमणी गुरागाई सदस्यहरु कुमार कार्की, बिनेश तामाङ, नगेन्द्र प्रसाद पोखरेल र शनि कुमार ओलि रहेको पांच सदस्यीय निष्कर्श समूहले निष्कर्ष सहित यो प्रतिवद्धता पत्र जारी गरिएको थियो । http://nrnaqatar.org/wp-content/uploads/2018/02/Declaration-Document-02.02.2018.pdf