Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको संयोजकत्वमा संघसस्थाहरुले शुभकामना कार्यक्रम गर्ने

Sep 25, 2023
दिल कुमार श्रेष्ठ, दोहा । एनआरएन एनसीसी कतारको संयोजकत्वमा आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई समेट्दै स्थापित सस्थाहरुको सहकार्यमा गरिन लागेको हो । गत १३ फेब्रुअरी २०१८ का दिन एनसीसी कतारका का.वा.अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आगामी हुने शुभकामना आदानप्रदान कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा सबैले मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए । बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी तेज कटुवालको संयोजकत्वमा समन्वय समितिका गठन गरेको छ । समितीमा संयोजक तेज कटुवाल सहित सदस्यहरुमा अरुण केसी, राम कुमार मण्डल, नारायण विष्ट, वुद्ध पाण्डे, वसन्त कुँवर र नरेश प्रसाद जौसी रहेका छन् । नया बर्ष मनाउन आयोजकहरुमा संघ संस्थाहरुको तर्फबाट पुन छलफल गरी आयोजक समिति बिस्तार गरिने छ । त्यसैगरी एनआरएन एनसीसी कतारको संयोजकत्वमा दोहाका सम्पुर्ण संघसस्थाहरु आयोजक रहने गरी रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान कार्यक्रमको अन्य विवरण अर्को वैठकले पारित गर्ने छ ।