Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको शुभकामान आदानप्रदान कार्यक्रम सम्पन्न ।

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्वहरु बडा दशैं, शुभ दिपावली, छठ र नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम ६ अक्टुबर २०१७ का दिन दोहा स्थित शालिमार होटेलको सभा हलमा भव्य रुपमा सम्पन्न भएको छ । संघका महासचिव बुधवल गुरुङले संचालन गरेको कार्यक्रम संघका कार्यवाहक अध्यक्ष सुदर्शन भट्टको अध्यक्षतामा नेपाली राजदुतावासका सहचारी रामबोल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपाल र संघका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहार विनेश तामाङ, लमजुङ सेवा समाज कतारले आयोजना गरेको शुभकामना तथा सांस्कृतिक कार्यक्रमका लागि कतार आउनुभएकी लोक दोहोरी गायिका मन्जु बि.क. रहनुभएको थियो । एनआरएनएका अग्रज अभियन्ताहरु साथै कतारमा स्थापना भई सामाजिक कार्यमा कृयाशील विभिन्न बैचारिक संघ-संस्थाहरु, जातीय, धार्मिक, जिल्ला संस्था, सांस्कृतिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी तथा विभिन्न व्यक्तित्वहरु अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको सुरुवातमा राष्ट्रियगान र उपस्थिति सम्पूर्णलाई संघका सचिव युवराज शर्माले स्वागत मन्तव्य द्वारा स्वातग गरेसंगै प्रमुख अतिथि नेपाली राजदुतावास कतारका सहचारी रामबोल आचार्यले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन र्नुभएको थियो । कार्यक्रम समापन पश्चात गायिका मन्जु बिकले आफ्नो लोक दोहोरी गीतहरु प्रस्तुत गरि सम्पूर्णलाई आफुसंगै गाउन र नचाउन सफल भएकी थिईन् । कार्यक्रम साँझा ६ बजेदेखि राती ११ बजे सम्म संचालन भएको थियो । शुभकामना मन्तव्य कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रदेश नं. १ बाट शंखुवासभा सेवा समाज कतारका अध्यक्ष लोक राई, प्रदेश नं. ३ बाट दोलखा दोहा सम्पर्क मंच कतारका अध्यक्ष हरि खत्री, प्रदेश ४ बाट पर्वत युवा सेवा समाज कतारका अध्यक्ष चिन्तामणी पौडेल र प्रदेश नं. ७ बाट सुदुर पश्चिम सेवा समाज कतारका सल्लाहर प्रेम चलाउनेले आ-आफ्नो प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी सम्पूर्ण मातृ संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले शुभकामना मन्तव्य राख्नुभएको थियो भने जनमुक्ति मंच कतारका अमृत लिम्बु, नेशनल मंगोल अर्गनाईजेशन कतारका अध्यक्ष सन्जय आङदेम्बे, संघिय लिम्बुवान सामाजिक मंच कतारका महासचिव डम्बर लिवाङ, अन्तर्राष्ट्रिय नेपाली समाज ९नयाँ शक्ति० कतारका अध्यक्ष देव परियार, कतार नेपाली एकता समाज कतारका अध्यक्ष लुमाकान्ता पुन लगायतले शुभकामान मन्तव्य राख्नुभएका थिए । मन्तव्यकै क्रममा नेपाली जन प्रगतिशिल मंच कतारका संयोजक रकमध्वज राई, प्रवासी नेपाली मंच कतारका कार्यवाहक अध्यक्ष द्रोण बहादुर बस्नेत र नेपाली जन सम्पर्क समिति कतारका महामन्त्री अजिज अलिले शुभाकमना मन्तव्य राखेका थिए भने सल्लाहकारहरुको तर्फबाट प्रमुख सल्लाहकार बिनेश तामाङ तथा एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपाललले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा रेगिस्तानी कवि तिर्थ संगम राई र कार्यसमिति सदस्य रेशम बस्नेतले कविता मार्फत उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने विशेष अतिथि गायिका मन्जु बिकले आफ्नो गीतबाटै शुभकामना दिएकी थिईन् । उनले कतारमा आएर पनि कतार स्थित नेपालीहरुका साझा संस्था एनआरएनए एनसीसी कतारले आफुलाई निमन्त्रणा गरेर यस्तो अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै अत्यन्त जोशिला पारामा आफ्नो चर्चित लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेकी थिईन् । उनले केहि समय अघि स्वर्गीय हुनुभएका लमजुङका एकमात्र ठाडोभाका गाउने गायक भेडीगोठे साईलाको स्मरणमा ठाडोभाकाको गीत पनि प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका सहचारी रामबोल आचार्यले आफ्नो तर्फबाट छोटो शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँले आफु महामहिम राजदुत ज्यूको दुतको रुपमा यस कार्यक्रममा उपस्थित भएकोले उहाँ र दुतावास परिवारको तर्फाबाट पठाउनु भएको शुभकामना सन्देशहरु तपाईहरु समक्ष राख्न चाहन्छु सहचारी आचार्यले मन्तव्यको क्रममा भन्नुभयो । कार्यक्रमको समापन गर्ने क्रममा संघका कार्यवाहक अध्यक्ष एवं कार्यक्रम सभापति सुदर्शन भट्टले शुभकामना मन्तव्य संगसंगै एनसीसी कतारले छोटो समयको अवधिमा कार्यक्रम आयोजना गर्नु परेकोले र यस कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम भएकाले पनि कमीकमजोरीहरु प्रति क्षमायाचना गर्दै आगामी दिनहरुमा सुधार गर्दै एनसीसी कतार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, कतारमा कृयाशील सम्पूर्ण संस्थाहरुसंग सहकार्य गर्दै संयुक्त रुपमा अझै भव्य कार्यक्रम गर्ने हाम्रो योजना अनुरुप यो पटक हुन सकेन । एनआरएनए आईसीसीको विश्व सम्मेलन तथा आठौँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकदै गर्दा एनसीसी कतारका अधिकांस पदाधिकारीहरु नेपालतर्फ जानु परेकाले र गईसक्नुभएका कारण पनि छोटो समयमा यो कार्यक्रम आयोजना गर्नु परेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो आगामी वर्षहरुमा कतारका सबै संघ-संस्थाहरु संग समन्वय गर्दै अत्यन्त व्यवस्थित ढंगले यस्ता शुभकामना कार्यक्रमहरु आयोजना गर्न एनसीसी कतारको भूमिका अग्रणी रहनेछ, हामी विश्वास दिलाउन चाहन्छौं भन्दै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यावाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । अशोक तामाङ्ग प्रवक्ता - एनआरएनए एनसी कतार