Navigation
NRNA Qatar News

एनसिसी कतारको निर्वाचनमा १७४४ मत खस्यो ।

Sep 25, 2023
 
bty१ सेप्टेम्बर २०१७, दोहा । एनआरएनए एनसिसी  कतारको  आज भएको निर्वाचनमा जम्मा जम्मी १७४४ मत खसेको छ ।  शान्तिपुर्ण   उत्साह जनक उपस्थितिका बिच सम्पन्न  निर्वाचनको कुल मतदाता संख्या २३१० रहेको थियो थियो । अहिले मतदान प्रक्रिया सकिएर केही बेर रेस्ट पछि  निर्वाचन समिती लगाएत पर्यक्षक, उम्मेद्बार, उम्मेद्बारहरु प्रतिनिधिहरु, तथा स्वयं सेवकहरु  बैठक बसेको छ । बैठकले खसेका मत गन्ने प्रक्रिया चलेको छ । यसका लागी  अहिले छलफल सहित मुजुल्का उठाउनु तयारी  गरिएको छ । मत गन्ने प्रक्रियाको छलफलमा  सहमति  सहित  मुजुल्का उठाई सके पछि  मतको गिन्ती  सुरु हुने छ । एनआरएन एनसिसि कतारको आज सम्पन्न निर्वाचनमा खसेको मत विवरण  यसप्रकार छ । खसेको कुल मत – १७४४ प्रदेस एक-४२७ प्रदेस २- १९१ प्रदेस ३ – १९६ प्रदेस ४- ३६८ प्रदेस५ – ४३९ प्रदेस ६ र ७ – १२३