कतार सरकारले सँधा झै यस बर्ष पनि बिभिन्न साँस्कृतीक कार्यक्रमहरुका साथ सम्पुर्ण आप्रबासीहरुलाई ईद अल अधाको कार्यक्रम मनाउन निमन्त्रणा गरेको छ । यसै बिच नेपाली समाजलाई पनि नेपालका ख्याती प्राप्त कलाकारहरुका साथ ईद अल अधा मनाउन समन्वय गरेको छ गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारले । उक्त कार्यक्रम कतारको अल अलि क्लबमा बेलुका पाँच बजेबाट सुरु हुने बताईएको छ भने उक्त कार्यक्रमका लागी नेपाली राष्ट्रिय कलाकारहरु राजेस पायल राई हाँस्य कलाकार सँदिप क्षत्री, नृत्यङ्गना प्रमिला खनाल तथा लोक दोहोरी गायिका चन्दा अर्यालका साथ गायिका अमृता लिम्बुले प्रस्तुती गर्नेछन । निशुल्क प्रबेस रहेको उक्त कार्यक्रममा सहभागी हुन  गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेस तामाङले अनुरोध गरेका छन ।अन्य जानाकारीका लागी फोटोमा हेर्नुहोस