Navigation
NRNA Qatar News

एनआरएन कतारको महाधिवेशन सम्पन्न

Sep 25, 2023
 

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको सातौं रास्ट्रिय महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदुताबास कतारका महामहिम रमेश कोइरालाको प्रमुख अथिति रहेको उक्त कार्यकममा आइसीसीका बिभिन्न प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजदूत कोइरालाले एनआरएन अभियान सामाजिक काम भएकाले सबैको सहकार्य जरुरी रहेको बताए । १८ अगस्ट २०१७ का दिन विनेश तामाङ्गको अध्यक्षतामा २५ दिसेम्वर २०१५ मा गठित कार्यसमितिले कुशलतापर्वक कार्य सम्पादन गर्दै कार्यकाल सम्पन्न गरेको छ । सो कार्य समिति जिम्मेवारी पुरा गर्दै शुक्रबार सम्पन्न ऐतिहासिक सातौ राष्ट्रिय महाधिवेशनबाट बिदा पाएको छ । कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्षहरु टिबी कार्की र सागर नेपाल, एनआरएनए मध्यपूर्व संयोजक डिबी क्षेत्री, एनआरएनए आइसीसी सदस्य राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व मध्यक्षेत्र संयोजक बद्री पाण्डे, नरेन्द्र भाटलगायत एनआरएनका अग्रजहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरुले एनआरएनएले मध्यपूर्वका नेपालीहरुको हित र अधिकार स्थापना गर्न बढी ध्यान दिनु जरुरी रहेको बताएका थिए ।