Navigation
NRNA Qatar News

एनसीसी कतारमा २२९८ जना पंजीकृत सदस्य प्रमाणित

Sep 25, 2023

७ अगस्त २०१७, दोहा l   एनआरएनए एनसीसी कतारको १७ – १९ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको अन्तिम नामावली प्रकाशन गरेको छ l अन्तिम नामावली प्रकाशन गर्दा सम्म  २२९८ जना पंजीकृत सदस्यहरु प्रमाणित भएका छन् l

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन  नजिकिदै  गर्दा कतारको माहोल गरम भएको छ l  १४ जुलाई २०१७ सम्म ३०५१ जना आवेदकहरुले आवेदन दिए पनि  प्रारम्भिक चरणमा एनसीसी कतारले  २५८० जनाको नामावली छनौट गरेको थियो l

यसपाली एनसीसी कतारले जिल्ला र प्रादेशिक रुपमा बर्गिकरण  गर्ने क्रममा ब्यबहारिक कारण देखाउदै नवलपरासी परासी जिल्लालाई प्रदेश न. ५ मा र रुकुम जिल्लालाई प्रदेश न. ६ मा राखिएको जानकारी दिएको छ l  सोहि प्रक्रियालाई आधार मान्दै एनसीसी कतारको कार्यसमिति  चयन गर्ने  कार्यवाहक  महासचिव तेज कटुवालले बताए l

विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा सस्थाको पंजीकृत सदस्यता लिने सम्पूर्ण सदस्यहरुलाई एनसीसी कतारले हार्दिक आभार प्रकट गरेको छ l संघले आगामी दिनमा संचालन गर्ने  गतिविधिहरुमा सकारात्मक तथा रचनात्मक सहभागिता जनाउन समेत अनुरोध गरेको छ l

संघको आसन्न राष्ट्रिय अधिवेशनका लागी सम्पूर्ण प्रक्रिया पुरा गर्ने क्रममा बिशेष सहयोग गर्नु हुने, राय सुझाव दिनुहुने सबै अग्रज  अभियन्ताहरुमा एनसीसी कतारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ l

/http://hamrosanchar.com/2017/08/07/%E0%A4%8F%E0%A4%A8%E0%A4%B8%E0%A5%80%E0%A4%B8%E0%A5%80-%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A5%A8%E0%A5%A8%E0%A5%AF%E0%A5%AE-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%AA%E0%A4%82/