Navigation
NRNA Qatar News

चौथो परिषद भेला सम्पन्न एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम

Sep 25, 2023
  दोहा l एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न  गरेको छ l भेलामा  समसामयिक  बिषयमा छलफल गर्दै कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरेको  थियो । उक्त अवसरमा पाचौ मध्यपुर्ब भेलामा योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यो कार्यकालको चौथो तथा अन्तिम परिषद  भेलामा महासचिबले प्रस्तुत गरेको संगठानिक कार्यप्रगती प्रतिवेदन उपर सुझाब सल्लाहसहित अनुमोदन  गरिएको थियो ।  आर्थिक प्रतिवेदन कोषाध्यक्ष भेषराज पराजुलीले प्रस्तुत गरेसंगै पार्षद सदस्यहरुमा सामान्य जिज्ञासा देखिएकामा अध्यक्ष तामांगले तत्काल विषयगत रुपमा स्पष्ट रुपमा जवाफ  दिएका थिए  ।   1 चौथो परिषद भेला सम्पन्न एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम (1)       आर्थिक गतिबिधिका  रुपमा  अघिल्ला भेलामा देखिएका बेरुजु  हिसावहरुलाई समेत स्पष्ट पारिएको थियो ।  बेरुजुको  बिषयमा  फिर्ता गर्नु पर्ने केहि रकम फिर्ता गरि सकेको, केही बिल भर्पाइ प्रमाणको आधारमा फर्च्यौत गरेको र बाकीं रहेको बेरुजुको बारेमा खोजतलास जारी रहेको जानकारी गराइएको थियो ।त्यस बारेमा आउने अधिवेशनसम्म  सम्पूर्ण जानकारी सहित पेश हुने बताएको थियो । आर्थिक गतिबिधिका  रुपमा  अघिल्ला भेलामा देखिएका बेरुजु  हिसावहरुलाई लेखासमिति संयोजक बुदबल गुरुङले स्पष्ट परेका थिए। ।1 चौथो परिषद भेला सम्पन्न एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम (2)     एनआरएनए एनसिसिले विधान – २००३ लाई आठौँ संसोधन गरेको छ । एनआरएनए आईसीसीले पठाएको नमुना विधानलाई आधार मान्दै आठौँ संसोधित बिधान तयार गरिएको  थियो । मस्यौदा समितिले ल्याएको २००३ को विधानलाई आठौँ संसोधन सहित परिमार्जन गर्दै बिधान मस्यौदा समितिका संयोजक पूर्ण केसीले प्रस्तुत गरेका थिए । मस्यौदा समितिले ल्याएका संसोधित विधानलाई बुदागत रुपमा व्यापक बहस र छलफल गर्दै सुझाव सल्लाहसहित सर्वसम्मतले पारित गरेको थियो । परिमार्जन सहित पारित  गरिएको  आठौँ संसोधनमा यसपाली पंजीकृत  सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला भेलामा पनि पार्षद  सदस्यहरुले घटाउनु पर्ने जोडदार माग राख्दै आएको भए पनि घटेको थिएन । यसपालीको अन्तिम भेलाले कतारका तल्लो स्तरका श्रमिकहरुलाई समेत मध्य नजर गर्दै सदस्यता शुल्क घटाउन   भेलाबाट आएको आवाजलाई सर्वसम्मतले पास गरेको थियो ।   1 चौथो परिषद भेला सम्पन्न एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम (3) भेलाले आगामी आर्थिक बर्ष १७/१९ का लागी नबिकरण तथा नयाँ सदस्यता आबेदन खुल्ला गरेको छ ।  २७ मे २०१७ देखि  खुल्ला गरिएको आवेदनको अन्तिम मिति आगामी १४ जुलाई २०१७ सम्म रहने जानकारी दिएको थियो । आवेदन फारम अनिवार्य रुपमा अनलाइन सिस्टमबाट  भर्नु पर्ने प्रस्ताबलाई सर्बसम्मतीले पारीत गरेको थियो । 1 चौथो परिषद भेला सम्पन्न एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम (4) प्रारम्भिक चरणमा रहेका नामावली २१ जुलाई २०१७ मा प्रकाशन गरिनेछ । २५ जुलाई २०१७ सम्म दाबी बिरोधको समय राखिएको छ भने अन्तिम नामावली ०४ अगस्त २०१७ मा प्रकाशन गरिनेछ । आगामी १७/१९ को लागी हुने महाधिवेशनको मिति १८ अगस्तलाई तोकिएको छ l त्यसका लागी निर्वाचन समितीको संयोजक पूर्व अध्यक्ष कमल मणी गुरागाइलाई सर्वसम्मतिले मनोनयन गरिएको थियो l १७/१९ कार्यकालको निर्वाचन १ सेप्तेम्ब र २०१७ मा हुनेछ l दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमको सभापतित्व एनसीसी अध्यक्ष बिनेश तामांगले गरेका थिए । एनसीसी प्रथम उपाध्यक्ष नविन पोखरेलले स्वागत मन्तब्य दिएको कार्यकमको प्रमुख अतिथि एनआरएनए आईसिसी मध्यपुर्व संयोजक डिवी क्षेत्री रहेका थिए । भेलामा मध्यपुर्ब उपसंयोजक उमेश अधिकारी, अाइसिसि सल्लाहकार टिबी कार्की,कतारबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरु, पुर्व आइसीसी तथा एनसीसी पदाधिकारीहरु सहित परिषद् सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव ई नन्द प्रसाद गर्वुजाले गरेका थिए।