Navigation
NRNA Qatar News

कतारमा सामुदायिक फेष्टिभल सम्पन्न l

Sep 25, 2023
दोहा l कतारमा फेष्टिभल विभिन्न कार्यक्रममा बीच सम्पन्न भएको छ l सो अवसरमा कतारमा रहेका विभिन्न आप्रवासी परम्परा, सस्कृति र भेषभुषाको प्रदर्शन सहित आफ्नो मुलुकको सस्कृति झल्कने सांगीतिक प्रस्तुति समेत देखाईएको थियो l फेष्टिभलमा नेपाली समुदायका तर्फबाट एनआरएन एनसीसी कतारले प्रतिनिधित्व गरेको थियो l आफ्नो भेषभुषा सहित उपस्थित भएका नेपाली कलाकारहरुले आफ्नो सस्कृति झल्कने सांगीतिक प्रस्तुति दिएका थिए l नेपाली समुदायका तर्फबाट समूहगत पुरुष र महिला कलाकारहरु छुट्टाछुट्टै २ ओटा सांगीतिक प्रस्तुति दिएका थिए l त्यसैगरि नेपाल सहित सहभागी समुदायहरुले भारत, केन्या, श्रीलंका, घाना, नाइजेरिया, इन्डोनेसिया, बंगलादेश, मलेसिया, पाकिस्तान र फिलिपिन्सका कलाकारहरुले पनि आफ्नो सस्कृति झल्कने सांगीतिक प्रस्तुति दिएका थिए l सम्पूर्ण समुदायहरुलाई दिइएको ३/३ मिटरको स्टल दिइएको थियो l त्यहाँ आ-आफ्नो मुलुकका प्रतिनिधित्व गर्दै आएका समुदायले आफ्नो मुलुकको कला, सस्कृति, परम्परा लगाएत पहिचाहन झल्कने गरी प्रस्तुत भएका थिए l नेपालको स्टलमा पर्यटन प्रवर्द्धन सम्बन्धि विभिन्न सामग्री, नेपाल र नेपाली भेषभुषाका साथै टुगेदर फोर टुरिजम नेपाल २०१७, भिजिट नेपाल लेखेका टिसर्टमा सजिएका दाजुभाई दिदीबहिनीहरु, प्ले कार्ड डायरीहरु, नेपाली ढाका टोपी, मादल बाँसुरी, आँखीझ्याल, पुराना सिर्जनात्मक घर, लगाएत अन्य नेपाली परम्पराका सामानहरु सहित कला र सिर्जनाका भरिभराउ सामानहरुले सजावट गरिएको थियो l नेपाली राजदूतावास कतारका प्रतिनिधि समेत सामुदायिक फेष्टिभलको स्थलगत भ्रमणका लागी आएका थिए l दुताबासका तर्फबाट आएका भ्रमण टोलीमा दितीय सचिव द्वय गायत्री पौडेल, हरि अर्याल, र श्रम सहचारी नरेन्द्र ज्ञवाली रहेका थिए l कम्युनिटी फेस्टिवल आयोजना तथा ब्यबस्थापन २०२२ वल्ड कपको उच्च निकाय सुप्रिम कमिटीले गरेको थियो l एनआरएन एनसीसी कतारको नेतृत्वमा दितीय उपाध्यक्ष प्रविण गुरुङले संयोजकको भूमिका निर्वाह गरेका थिए l सामुदायिक फेष्टिभलका लागी आ- आफ्नो स्थानबाट बिसेष सहयोग गर्नुहुने एनआरएन आईसिसि कतारका सदस्य आर. के. शर्मा, एनआरएन आईसिसि डेनमार्कका सदस्य सोम सापकोटा, जनजाती महासंघ कतारका कार्यवाहक महासचिव भाइकाजी गुरुङ, पर्यटन दुत अशोक श्रेष्ठ, र ब्यबसायी हरि पुनका आयोजक तथा ब्यबस्थापक कतारको सुप्रिम कमिटीलाई समेत एनआरएन एनसीसी कतारका अध्यक्ष विनेश तामांगले हार्दिक आभार प्रकट गर्दै धन्यबाद ब्यक्त गरेका थिए l