Navigation
NRNA Qatar News

अरब मानव अधिकार दिवस मनाइयो l (एनआरएनए कतार सम्मानित)

Sep 25, 2023

  दोहाआन्तरिक मन्त्रालय अन्तर्गतको मानव अधिकार विभागले १६ मार्चमा अरब मानव अधिकार दिवस मनाएको छ । हरेक वर्ष १६ मार्चमा अरब मानव अधिकार दिवस मनाउने गरिन्छ । कार्यक्रम सिभिल डिफेन्स अफिसर्स क्लबमा सम्पन्न भएको थियो । उक्त दिवसका नारा मानव अधिकार तथा शान्तिपूर्ण सहअस्तित्व थियो ।   कार्यक्रममा मानव अधिकार विभागका सहायक निर्देशक लेफ्टिनेन्ट कर्णेल साद सलिम अल दोसारी लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभागका विशिष्ट अधिकारीहरू र अरब तथा गैरअरब आप्रवासी समुदायका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा बोल्दै लेफ्टिनेन्ट कर्णेल साद सलिम अल दोसारीले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक सुरक्षाबीच निकट सम्बन्ध रहेको भन्दै यसले शान्ति सुव्यवस्था कायम राख्न सकारात्मक यो गदान दिने बताए ।   विश्वव्यापी शान्ति सूचकांकमा कतार लगातार आठ वर्ष महत्वपूर्ण स्थानमा (एमइएनएमा पहिलो र विश्वस्तरमा ३४ नम्बरमा) र हनु उल्लेखनीय रहेको भन्दै उनले यसले शान्तिपूर्ण सहअस्तित्व र सामाजिक सुरक्षामा कतारको सफलतालाई झल्काउने बताए ।   यही उपलब्धिले कतार लाई सांस्कृतिक सहअस्तित्व र सामाजिक शान्ति तथा जात, धर्म वा भाषा जे भए पनि अरुको सम्मान गर्ने परिपाटीमा नमूना बनाएको उनको भनाइ थियो । उनले खासगरी मानव अधिकार लगायत अरब जगतका अन्य साझा कदममा कतारको योगदानमाथि पनि प्रकास पारे । सो अवसर मा अरब र गैरअरब आप्रवासीले सबै समुदायको मानवअधिकार संरक्षणका लागि कतारका सम्बन्धित निकायले गरेको प्रयासको सराहना गरेका थिए । गैरअरव एसियली समुदायहरु (नेपाल, भारत, श्रीलंक, पाकिस्तान, पिलिपिन्स, बंगलादेश, मलेसिया र ईन्डोनसिया) को तर्फबाट बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष बिनेश तामाङले कतार संसारकै शान्त र सुरक्षितमध्येको एक मुलुक रहेको स्मरण गर्दै कामदारको अधिकारको क्षेत्रमा यसले थ्रुपै सफलता हासिल गरि सकेको बताए ।     कतार सरकारले हालसालै श्रम कानुनमा गरेको सुधार लाई कामदार हकका सन्दर्भमा पछिल्लो सफलता भन्दै तामाङले यसबाट १९ लाख आप्रवासी कामदार को अधिकार प्रतिको कतार सरकारको सम्मान कति छ भन्ने कुरा प्रस्टिएको बताए ।   समुदायको अगुवाको नाताले कामदार र सरकार एवं सरकार सरकार बीच सेतुको काम गर्नेप्रतिबद्धता उनले जनाए । श्रम कानुन, मानव अधिकारका सिद्धान्त तथा निष्पक्ष एवं जवाफदेही फौजदारी न्यायप्रणाली कार्यान्वयन र इस्लामिक कानुनको सम्मानमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । सो अवसरमा विभिन्न समुदायका प्रतिनिधिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । गैरआवासीय नेपलाी संघ कतारले समेत संस्थागत सम्मान प्राप्त गरेका थिए । Displaying Selectd Photos for Published (1).jpg     Displaying AHR Day_ (1).jpgDisplaying Selectd Photos for Published (4).JPG Displaying Selectd Photos for Published (3).JPGDisplaying Selectd Photos for Published (5).JPGDisplaying _H4A6588.jpgDisplaying AHR Day_ (2).jpg