Navigation
NRNA Qatar News

नेपाली  श्रमिकहरु र अमेरिकन बिद्यार्थीहरु बीच भेटघाट

Sep 25, 2023
दोहा l एनआरएन एनसीसी कतार र भर्जिनिया कमनवेल्थ  युनिभर्सिटी कतारको आयोजनामा प्रवासी  नेपाली  श्रमिकहरु र अमेरिकाबाट आएका युनिभर्सिटीका बिद्यार्थीहरु बीच  भेटघाट तथा वर्कसप सम्पन्न भएको छ l  वर्कसपमा  दुवै देशका  कला, सस्कृति र परम्पराका चिनारी साटासाट गर्नुका  साथै आ-आफ्नो राष्ट्रको अन्तरिक तथा राजनीतिक बिषयमा  छलफल गरिएको थियो l कार्यक्रम  एनसीसी कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलको  संयोजकत्व रहेको थियो l कार्यक्रमको वातावारणलाई अझै सहज बनाउनको लागी एनसीसी कतारका तर्फबाट युवा संयोजक लिला जिसी र महिला संयोजक संगीता तामांगले संयोजक पोख्रेललाई साथ दिएका थिए l  ६ पुरुष र ५ महिला प्रवासी नेपाली श्रमिकहरु सहभागी रहेको कार्यक्रममा भ्रमणकारी युनिभर्सिटीका १२ जना बिद्यार्थीले सहभागिता जनाएका थिए l रमाइलो वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरुले  तितामिठा अनुभव समेत साटासाट गर्दै हाँसखेल गरेका थिए  l युनिभर्सिटी बिद्यार्थीहरु नेपाल र नेपालीका बारेमा जान्न निकै उस्सुक देखिएका थिए  l एक अर्कासंग नजिक रहेर आफु र मुलुकसंग जोडिएका भावनात्मक सम्बन्धहरुलाई छोटो र मिठो रुपमा  आदानप्रदान गर्दै कार्यक्रमको  समापन  गरिएको थियो l