Navigation
NRNA Qatar News

NRNA कतारद्धारा पिडितलार्ई खाद्यान्न सहयोग

Sep 25, 2023
रवि रोषी, दोहा जेष्ठ २४। गैर आवासीय नेपाली संघ कतारद्धारा पिडितलाई खाद्यान्न सहयोग गरेको छ । लामो समय देखि तलब नपाएर घर फिर्तिको लागि बसेका नेपाली दाजुभाईलाई राहत सामाग्री सहयोग गरेको हो । यस अघि पनि एन आर एन ए कतार लेवर वेलफेयर डिभिजनका प्रेम रसाईलीले हरियो साग सब्जी लगायत विभिन्न सामाग्री प्रदान गरी सकेका थिए । हाललाई केहि दिनको लागि चामलको आवश्यकता नपर्ने र तरकारी, मसला, तेल तथा अन्य सामाग्रीको जरुरत पर्ने बारेमा पिडितले माग गरेपछि विभिन्न सामाग्री प्रदान गरिएको हो । जसमा चना ४ बोरा, दाल ४ बोरा, मसला १५ केजी, तेल ३६ लिटर लगायतका सामाग्री प्रदान गरेको हो । लेवर बेलफेयर डिभिजनका प्रेम रसाईलीले पिडितहरुलाई भोलिका दिनमा पनि खाद्यान्न अभाव भएको जानकारी गराएमा एन आर एन ए सहयोग गर्न सदैव तत्पर रहेको छ भनी उनले बताए । यसका साथै पिडितलाई नेपाल फिर्ती पठाउनको लागि दूतावाससंग पहल गरिरहेको बारेमा पनि अध्यक्ष विनेश तामाङले बताए । http://www.sajhanetwork.com/2016/06/06/1269