Navigation
NRNA Qatar News

एनआरएनए कतारको दोश्रो परिषद् भेला सम्पन्न

Sep 25, 2023
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको दोश्रो परिषद भेला सम्पन्न भएको छ । गत २९ अप्रिल  असियान टाउन स्थित क्रिकेट स्टेडियमको सभाहलमा संघका अध्यक्ष बिनेश तामाङको अध्यक्षता तथा आईसिसि गल्फ उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले प्रस्तावित बिषयका बुंदाहरुमा छलफल गर्दै भेलाबाट सर्वसहमतिले पारित समेत गरेको छ । साथै भेलामा छैठौ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गराउन महत्वपुर्ण भूमिका खेल्ने निर्वाचन समितिका संयोजक लगायत सदस्यहरुलाई कदर पत्रद्धारा सम्मान समेत गरिएको थियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद् कतारको कार्यकालको दोस्रो परिषद भेलामा अध्यक्षद्धारा प्रस्तुत संघको कार्ययोजनाहरु सहित कार्यक्रमहरुको तालिका (क्यलेण्डर २०१५–२०१७) लाई सर्वसम्मतले पारित गरेको थियो । भेलाले महासचिवद्धारा प्रस्तुत कार्यप्रगती प्रतिवेदन उपर छलफल गरी लेखा समिति, अनुशासन तथा अनुगमन साथै केहि पुराना बिषयहरुमा छलफलले पारित गर्दै प्रवक्तालाई खारेजी समेत गरेको थियो । कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन उपर व्यापक छलफल गरि संघको छैठौ महाधिवेसन पश्चात लेखा समिति गठन नभएको कारणले अर्थिक पारादर्शिताको लागि सम्मानित भेलाबाट लेखा उपसमिति गठन गरि अस्पष्ट रहेका विवरणलाई आगामि तेस्रो परिषद् भेलामा उक्त लेखा उपसमितिद्धारा परिक्षण गराई प्रस्तुत गर्नको लागि कार्यसमितिलाई निर्देशन दिएको छ । भेलाद्धारा लेखा उपसमितिमा बुधवल गुरुङको संयोजकत्वमा योजकत्वमा ५ सदस्य रहने गरि गठन गरिएको  थियो  । उपसंयोजक सन्तोष पराजुली, सदस्यहरुमा चेतनारायण श्रेष्ठ, केदार भुसाल र मुख्तार आलम रहेका छन् । यसैगरि चुडामणि कार्कीको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरेको छ । सदस्यहरुमा पूर्ण बहादुर नेपाली र ई.महेश जोशी रहेका छन् । दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता एनआरएन एनसीसी कतारका अध्यक्ष विनेश तामाङले गरेका थिए । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका गल्फ उपसंयोजक उमेश अधिकारीले प्रमुख अतिथ्यता गरेको भेलामा कतारबाट प्रतिनिधित्व गर्नुे आइसीसी सदस्यहरु, पुर्व आइसीसी तथा एनसीसी पदाधिकारीहरु सहित परिषद् सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।