Navigation
NRNA Qatar News

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दोस्रो पुर्ण कार्यसमिती बैठक सम्पन्न

Sep 25, 2023
  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले दोस्रो पुर्ण कार्यसमिती बैठक सस्थाका अध्यक्ष बिनेश तामाङको अध्यक्षतामा विभिन्न प्रस्ताव उपर छलफल गरि सम्पन्न गरेको छ । पहिलो पुर्ण कार्यसमितिको बैठक पश्चात दुई पटक बसेको सचिवालय बैठकमा भएका निर्णय तथा कार्ययोजनाहरुलाई पुर्ण कार्यसमितीले अनुमोदन गरेको छ । आउदो मार्च १८ तारिकका दिन कतार स्थिति हमाद हस्पिटलमा विभिन्न संघसस्था र कतारमा कार्यरत नेपालीहरुको बिशेष सहयोग र समन्वयमा रक्तदान कार्यक्रम राखिएको र उक्त कार्यक्रम बिहान ९ बजेबाट सुरु गरि दिनको १२ बजेसम्म संचालन गर्ने निर्णय बैठकले पारित गर्‍यो । सस्थाको दोस्रो परिषद भेला आगामी अप्रिल २९ तारिक गर्ने निर्णय सर्बसम्मत बैठकले पारित गर्यो ।