Navigation
NRNA Qatar News

एनआरएन कतारमा तामाङ निर्वाचित

Sep 25, 2023
एनआरएन कतारको नेतृत्वमा तामाङ निर्वाचित डिसेम्वर २६, २०१५ दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसिसी) कतारको अध्यक्षमा बिनेश तामाङ निर्वाचित भएका छन् । २०१५–१७ कार्यकालका लागि तामाङ नेतृत्वमा नयाँकार्यसमिति निर्वाचित भएको हो । सुरुमा गत अगस्ट २१ का लागि तोकिएको निर्वाचन प्रक्रिया विभिन्न आन्तरिक कारणले स्थगित भएपछि आईसिसिको निर्देशन अनुसार मिति थपेर नेपाली दुताबासले चान्सलरी भबन दिएपछि शुक्रबार, डिसेम्वर २५, २०१५ का दिन मतदान सम्पन्न भएको थियो । नयाँकार्यसमितिमा प्रथम उपाध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल, द्वितिय उपाध्यक्ष प्रविण गुरुङ निर्विरोध, महासचिवमा इन्जिनियर नन्द प्रसाद गर्बुजा , सचिव उत्तिमकुमार शाह, कोषाध्यक्ष भेषराज पराजुली, महिला संयोजक संगिता थिङ र्नि्र्विरोध, युबा संयोजक लिलाबहादुर जिशी निर्वाचित भएका छन् । महिला सदस्य मिना खड्का, खुल्ला सदस्य भीमबहादुर तरामु मगर, भिमबहादुर थापा, भुपति भट्टराई, महबुब आलम, माइला वाइबा, शक्ति क्षेत्री निर्वाचित भएका छन् । त्यस्तै पूर्वाञ्चल सदस्य तेज कटुवाल, मध्यमाञ्चल मोहमद रहमान हुसेन, पश्चिमाञ्चल ठाकुर कुमाई दर्जी, मध्य पश्चिमाञ्चल मानबहादुर केसी, सुदुर पश्मिाञ्चल कृष्णकुमार आयर, मुस्लिम सदस्य महोम्मद इशराल कवारी र ई.मोहम्मद आयुव साथै तराई मधेस सदस्यमा चन्द्रदेव यादव र महेश्वर मण्डल निर्वाचित भएका छन् । जनजाति सदस्य खिम बहादुर राना मगर र राजु महर्जन तथा दलित सदस्यमा प्रकाश परियार र प्रेमबहादुर बिश्वकर्मा निर्विरोध निर्वाचित भए । आईसीसी सदस्यमा विनोद प्रसाद भट्टराई र हंशराज ढकाल निर्वाचित भएका छन् ।