Navigation
NRNA Qatar News

कार्यसमिति चयन कार्य नेपाली दुतावास कतारमा सौहार्दपुर्ण वातावणमा सम्पन्न १७१४ पंजिकृत सदस्य सहभागी

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१५–१७ कार्यकालको कार्यसमिति चयन कार्य नेपाली दुतावास कतारमा सौहार्दपुर्ण वातावणमा सम्पन्न भएको छ । जसमा कुल सदस्य संख्या २८०७ मध्ये पुर्वाञ्चलका ४७४, मध्यमाञ्चलका ४६० ,पश्चिमाञ्चलका ६४०, मध्यपश्चिमाञ्चलका ७३ र सुदुर पश्चिमाञ्चलका ६७ गरी जम्मा १७१४ पंजिकृत सदस्यहरुले सहभागिता जनाउनुभएकोछ भने ७४ महिला, ३२१ मुस्लिम तथा २०२ तराई मधेश समुदायका सदस्यहरुको सहभागिता थियो । यो ऐतिहाँसिकि कार्यलाई सम्पन्न गर्न बिशेष सहयोग गर्ने नेपाली राजदुतावास परिवार, एनआरएनए अभियानका सम्पुर्ण अग्रजहरु, वैचारिक तथा सामाजिक संघ संस्था, पत्रकार तथा सम्पुर्ण पंजिकृत सदस्यहरु प्रति मौजुदा कार्यसमिति हार्दिक आभार व्यक्त गर्दछ ।