Navigation
NRNA Qatar News

१३ औ स्थापना दिवसको उपलक्षमा हार्दिक शुभकामना

Sep 25, 2023
१३ औ स्थापना दिवसको उपलक्षमा हार्दिक शुभकामना । गैरआवासीय नेपाली अभियानको दोश्रो ऐतिहाँसिक एनसीसी कतारले सगौरव आज स्थापनाका सफल १२ औ बर्षहरु पुरा गरेकोछ । अवश्य पनि स्थापनाकालको तुलनामा आजको परिस्थिति निकै बदलिएकोछ । संस्थाले थुप्रै आरोह अवरोधहरु पार गरिसकेकोछ । १२ बर्ष अगाडी एक अभियानमा सहभागि हुने क्रममा केहि अग्रजहरुको अग्रसरतामा स्थापित एनसीसी कतारका सामु आज एक हातमा उल्लेख्य उपलब्धि छन् भने कँँधमा प्रशस्त चुनौतिहरु सहितको ठुलो सामाजिक दायित्व रहेकोछ । ऐतिहाँसिक एनसीसीको हैसियतमा सिङगो अभियान प्रति यसको जिम्मेबारीहरुको पाटो पनि कम महत्वपूर्ण छैन । लामो यात्रा गर्नु छ, समाज र राष्ट्रको अपेक्षा धेरै छन् । अभियान निरन्तर चलिरहेको छ र रहिरहनेछ, चाहे त्यो कतारमा स्थानिय आवाश्यकताका घडिमा होस चाहे राष्ट्रलाई आवाश्यकता परेको बेला । आज यस ऐतिहँँसिक घडिमा एनसीसी कतारका सम्पूर्ण संस्थापक ज्यूहरु, पुर्व अध्यक्षहरु ज्यूहरु श्री राजिव डंगोल, श्री बद्री प्रसाद पाण्डे, श्री कमलमणि गुराँगाई, श्री नरेन्द्र भाट, श्री अमृत गुरुङ तथा उहँँहरुको टिममा रहेर कार्य गर्नुहुने सम्पूर्ण अग्रज अभियन्ताहरु प्रति सम्मान पुर्वक कृतज्ञता व्यक्त गर्दछौं । विभिन्न समयमा उहाँहरुले संस्थालाई कुशल नेतृत्व गरेर आजको दिन सम्म ल्याउन निर्वाह गर्नुभएको भूमिका एनसीसी कतारको इतिहाँसमा लेखिसकेकोछ । त्यसको साथमा निरन्तर संस्थामा आबद्ध भएर हरेक गतिविधिहरुमा सहभागि बन्नु हुने सम्पूर्ण सदस्य ज्यूहरु, केन्द्रिय संस्थाकोरुपमा क्रियाशिल रहेर सदैव आवाश्यक सहयोग र समन्वय गरिरहने आइसीसी परिवार तथा सचिवालयका मित्रहरु, कतारमा स्थापित संघ संस्थाहरु, नेपाली नियोग, कतारका विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, व्यवसायी, बुद्धिजिवि, पत्रकार सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यहँँहरुको यस्तै साथ सहयोग र समन्वयको अपेक्षा गर्दछौं । ११ बर्षको समिक्षा गर्दै गत बर्ष पहिलो पटक एनसीसीले आयोजना गरेको स्थापना दिवस समारोहले प्रदान गरेको उर्जाले यस संस्थालाइृ थप गति प्रदान गरिरहकोछ । समय सापेक्ष छलफल तथा समिक्षा सहित यहँँहरुबाट प्राप्त हुने रचनात्मक सुझाव, सहयोग र सहभागिता नै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको जिवन्तताको आधार हो । सम्पूर्ण आदरणिय अग्रज ज्यूहरु, सदस्य तथा शुभेच्छुक ज्यूहरुमा स्थापना दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ।