Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको स्थगित निर्वाचन आगामी २५ डिसेम्बरमा हुने । निर्वाचन समितिको सुचना

Sep 25, 2023
एनआरएनए एनसीसी कतारको स्थगित निर्वाचन आगामी २५ डिसेम्बरमा हुने । निर्वाचन समितिको सुचना  : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रकृया अन्तर्गत निर्वाचन समितिले गत २१ अगष्ट २०१५ मा पहिलो पटक प्रत्यक्ष तथा १८ सेप्टेम्बरमा दोश्रो पटक अनलाईन मतदान प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी गरिसकेर अगाडी बढेको भएपनि अन्तिम समयमा आएर विभिन्न जटिलताको कारणले निर्वाचनको कार्य सम्पन्न गर्न नसकिएकोमा सम्पूर्ण पञ्जिकृत सदस्य तथा उमेदवारहरुमा क्षमा चाहन्छौ ।
यद्यपी गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले दिएको थप म्याद भित्र उक्त कार्य सम्पन्न गर्नको लागि उम्मेदवारहरु, एनसीसीका पुर्व अध्यक्ष, आइसीसीका पदाधिकारी, प्रमुख बैचारिक संस्था तथा जनजाती महासंघका प्रतिनिधिहरुको बिशेष आग्रहमा नेपाली राजदुतावासले कार्यसमिति चयन कार्यको लागि स्थान उपलब्ध गराउन सहमत भएको जानकारी गराइन्छ । तसर्थ निर्वाचन समितिले स्थगीत निर्वाचन प्रत्यक्ष मतदान प्रणालीद्धारा तपशिल बमोजिमको मिति, समय तथा स्थानमा तय गरिएको व्यहोरा जानकारी गराउदै सहभागिताको लागि सम्पूर्ण पंजिकृत सदस्य तथा उम्मेदवारहरुमा यसै सुचना मार्फत अनुरोध गरिन्छ । तपशिल मिति : २५ डिसेम्बर २०१५, शुक्रबार । स्थान : नेपाली राजदुतावास कतारको परिसर । मतदान हुने समय : बिहान ६ बजे देखि दिउसो ३.०० बजे सम्म । एनआरएनए एनसीसी कतारको २०१५–२०१७ को कार्यसमिति चयन कार्यलाई सौहार्दपुर्ण बातावरणमा सम्पन गर्न सहयागे गरिदिन हुन सम्पूर्ण पञ्जिकृत सदस्य तथा उमेदवारहरुमा हार्दीक अनुरोध गर्दछौं । http://nrnaqatar.org/…/12/NOTICE-FOR-ELECTION-25-12-2015.pdf के.बी हमाल कार्यवाहक संयोजक निर्वाचन समिति ०७ डिसेम्बर २०१५