Navigation
NRNA Qatar News

कतारमा ४८ जना नेपालीले रक्तदान

Sep 25, 2023
दिलिप पराजुली , दोहा । गैर अवासीय नेपाली संघ , राष्ट्रिय सम्वन्य परिषद र नेपाली जनसम्पर्क समिती कतारको कतारको आयाजनामा हमद हस्पिटलको परिषरमा ४८ जना नेपालीहरुले रक्तदान गरेका छन ।  कतारमा रहेको नेपाली समुदायले दोहाको हमद मेडिकल कोर्परेसनमा रहेको बल्ड डोनर सेन्टरमा ८० जना भन्दा बढी नेपालीहरुको सहभागीता रहेको थियो । ८० जना सहभागी मध्ये ४८ जनाले रगतदान गरेका थिए । एनआरएनए कतारका प्रथम उपाध्यक्ष  कुमार कार्की , महासचिव बिनोद भट्टराई , सचिव टिएन बराल लगायतको टिमले रक्तदानका लागी संवन्य गरेका थिए ।   हमद हस्पिटलले रगतदान गर्ने रक्तदातालाई प्रमाण पत्र सहित धन्यवाद दिईएको थियो । रक्तदानका लागी कतारका स्थापित संघसंस्थाहरु प्रवासी नेपाली मन्च , नेपाल ईन्जिनियर्स एसोसियसन , आदिवासी जनजाती महासंघ , खसक्षेत्री समाज , स्याङ्गजा सहयोग समाज , मोरङ्सुनसरी सेजा समाज , प्रवासी झापाली सम्पर्क मञ्च , गुल्मी सेवा समाज , अर्घाखाची सेवा समाज , म्याग्दी सेवा समाज , पाँचथर सेवा समाज, सिराह सेवा समिती , पर्वत सेवा समाज , ईलाम सेवा समाज , कास्की आर्दश सेवा समाज , चितवन युवा समुह , खोटाङ सेवा समाज , गोर्खा सेवा समाज  ,  तमु समाज ,सुनुवार सेवा समाज , नुवाकोट सेवा समाज र पाल्पाली सेवा समाज लगायतले सहयोग गरेका थिए ।  शुक्रबार विहान आयोजना गरिएको कार्यक्रममा  नेपाली जनसम्पर्क समिती कतार सभापती बिमल सुबेदी , एनआरएनए गल्फ सह–संयोजक पुर्ण केसी , एनआरएनए एनसीसी कतारमा  सल्लाहकार संयोजक गुरुनारायण रानाभाटको उपस्थिती समेत रहेको थियो ।  हरेक बर्ष एनआरएनले हमद हस्पिटलसँग मिलेर रक्तदानको कार्यक्रम गर्दै आएको थियो । रक्तदानका लागी हस्पिटल पुगेका व्यक्तिहरुको स्वास्थय परिक्षण सहित रक्तदान गरे ।  - See more at: http://www.imagenepalnews.com/news/6562#sthash.1rS2hCSy.dmtDU2uU.dpuf