Navigation
Global News

काँस्कीका पहिरो पिडितलाई एनआरएनए कतारद्धारा ५० हजार सहयोग

Sep 25, 2023
घनश्याम पराजुली (कृष्ण) , दोहा ।  काँस्की जिल्लाका लुम्ले र भदौरे गाविसमा गत साउन  १३ गते बुधबार गएको भिषण पहिरोमा परी लगभग ३ दर्जनले ज्यान गुमाएका छन । पहिरोले थुप्रै घरहरु बगाएको छ साथै कैयौ घाईते बन्न पुगेका थिए । उक्त विपतलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ , राष्ट्रिय सम्वन्य परिषद कतारले आर्थिक सहयोग गरेको छ ।  गैर आवासिय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदको अवहनमा राष्ट्रिय सम्वन्य परिषद कतारले रु ५० हजार १५ सहयोग पठाएको हो  । रकम आईसिसीको आपतकालिन राहात कोषमा जम्मा भईसकेको छ । कतारबाट आईसिसी मार्फत उक्त रकम हस्तान्तरण गर्ने गरी पठाईएको महासचिव बिनोद भट्टराईले  जानकारी दिए ।  प्राकृतिक प्रकोपले कास्कीका २ गाविसमा क्षती पुर्याएको थियो । मातृभुमीको प्राकृतिक विपतमा प्रवासमा रहेका नेपालीहरुबाट सहयोग जुट्दै आईरहेको छ । यसै प्राकृतिक विपतलाई मध्यनजर गर्दै एनआरएनए कतारले समेत काँस्कीबासीहरुको दुःखमा मल्हम लगाउने प्रयास गरेको महासचिव भट्टराईले बताए । पहिरोमा परी घाईतेहरु उपचारार्थ छन । बर्षायाममा आएको भिषण पहिरोले लुम्ले र भदौरेका बासिन्दाहरु त्रसित बनेका थिए  ।