Navigation
Global News

कतारमा एनआरएनको तीज

Sep 25, 2023
DSC_0270 चिरन्जीबी तिम्सिना, कतार -गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर शुभकामना आदान प्रदान  कार्यक्रम २१ अगस्टका दिन सम्पन्न गरेको छ | DSC_0257 एनआरएन एनसीसीकी महिला संयोजक सम्झना पुडासैनीको संयोजकत्वमा आयोजित सो कार्यक्रमको अध्यक्षता मक्सुद आलमले गरेका थिए भने एनआरएनए आइसीसीका उपाध्यक्ष टीबी कार्की प्रमुख अतिथिको रुपमा रहेका थिए | एनआरएनए आइसीसीका सदस्यहरु अमृत गुरुङ, उमेश अधिकारी, एनआरएनए एनसीसी कतारकी महिला सदस्य श्रीमती सोया दाहाल, नेपाली महिला समाजकी  उपाध्यक्ष अमिना खान, महासचिब जानुका बस्नेत, कोषाध्यक्ष सुस्मिता भुसाल, चर्चित लोक गायिका इन्दिरा शाह लगायत अतिथिको रुपमा रहेका थिए, कार्यक्रममा कतारमा रहेका नेपाली महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो |DSC_0246   सस्थाका सचिवालय सदस्य टिएन बरालले संचालन गरिएको सो कार्यक्रममा कार्यक्रम संयोजक सम्झना पुडासैनीले शुभकामना मन्तब्य व्यक्ति गरेकी थिइन्, शुभकामना कै क्रममा उनले भनिन ”जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ ” भन्दै एनआरएनए एनसीसी कतारले महिलाहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महिला तथा सज्जनबृन्दलाई धन्यवाद ब्यक्त गर्दै सबै आमन्त्रितहरुलाई स्वागत गरेकी थिइन् भने कार्यक्रममा प्रमुख अतिथि टीबी कार्की, अध्यक्ष मक्सुद आलम, महिला समाजकी महासचिब जानुका बस्नेत, गायिका इन्दिरा शाह लगाएत विभिन्न महिलाहरुले हरितालिका तिजको शुभकामना मन्तब्य दिएका थिए | - See more at: http://nqkhabar.com/?p=4551#sthash.oqOSA8PN.dpuf