Navigation
Global News

कतारमा ‘एनआरएन कप फुटवल २०१४’ हुदै

Sep 25, 2023
  मंगलवार, २०७१ भाद्र ०२ गते ०२:४६ कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पाँचलाख रुपैयाँ बढीको पुरस्कार राशि सहितको एनआरएन कप फुटवल २०१४ को घोषणा गरेको छ । गत १५ अगष्टमा एक पत्रकार सम्मेलन गर्दै एनसीसी कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति मक्सुद आलमले सो पुरस्कार घोषणा गरेका हुन । एनआरएन कप विजेतालाई १० हजार रियाल, उपविजेता टिमलाई पाँचहजार रियाल र तेश्रो हुने टिमलाई तीनहजार रियालसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने घोषणा भएको छ । यसैगरी सो प्रतियोगिताभरि उत्कृष्ट अनुशासित खेलाडी, उत्कृष्ट गोलकिपर, अत्याधिक गोलकर्तालाई क्रमशः पाँच सय रियालसहित प्रमाण र कप प्रदान गर्ने घोषणा संस्थाका अध्यक्ष आलमले गरेका हुन् । अध्यक्ष आलमले एनआरएन एनसीसी कतार त्यहा कार्यरत सम्पूर्ण नेपालीको साझा संस्था भएको हैसियतले साझा कामहरु अगाडि बढाउँदै गएको बताउँदै सबैलाई आआफ्नो ठाउँबाट सहयोग गरेर एनआरएनए एनसीसी कतारको यो अभियानलाई सफल बनाउन आग्रह समेत गरेका थिए । सो कार्यक्रममा एनआरएनए आईसीसी क्षेत्रिय उपसंयोजक पूर्ण केसी, एनआरएनए आईसीसी सल्लाहकार देवकाजी डंगोल, एनआरएनए आईसीसी सदस्य अमृत गुरुङ, आईसीसी सदस्य उमेश अधिकारी, एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, एनसीसी सल्लाहकार विमल सुवेदी, दिलकिरण खजुम, एनसीसी पूर्व अध्यक्ष कमलमणी गुरागाई, आईसीसी खेलकुद उपसमिति संयोजक रामहरी गैरे, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष गणेश बन्जाडेको आतिथ्यता रहेको थियो भने कतारमा रहेका नेपाली समुदाय तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । एनआरएनहरुको अभियानमा पहिलो पटक कतारमा आयोजना गर्न लागेकोे एनआरएन कप–२०१४ घोषणा क्रममा खेलका नियमहरु तथा यसबारेको विस्तृत जानकारी श्रव्यदृष्यमार्फत एनसीसीका प्रथम उपाध्यक्ष कुमार कार्कीले दिएका थिए । सबै टिमका खेलाडी, टिम म्यानेजर वा टोलि प्रमुखहरुको उपस्थितिमा गोलाप्रथाबाट टिम विभाजन गरिएको थियो । पुरस्कार घोषणा गर्नु पूर्व एनआरएन कपका विषयमा पत्रकारले सोधेका जिज्ञासाको उत्तर उपाध्यक्ष कार्कीले दिएका थिए । एनआरएन एएनसीसी कतारले एनआरएन कपलाई व्यवस्थित रुपमा सञ्चालनका निम्ति संस्थाका सचिवालय सदस्य टिएन बरालको संयोजकत्वमा सात सदस्यीय समिति निर्माण गरेको जानकारी दिएको थियो । जसमा सहसंयोजक दिपक र बुद्ध गुरुङ रहेका छन् भने सदस्यहरुमा रामबाबु थापा, रामबहादुर गुरुङ, सेवन कार्की, रामचन्द्र विक, जितेन्द्र भण्डारी रहेका छन् । प्रवासमा नेपाली समुदायबीच आयोजना गरिएको सर्वाधिक राशिको पहिलो फुटबल प्रतियोगितामा समावेश २४ टिमलाई दुई समुहमा विभाजन गरेर खेल तालिका बनाइएको छ जस अनुसार समूह ए मा क्रमशः नारायणगोपाल आईएफ फुटबल टिम, पाथीभरा स्पोर्टस् क्लब, ताप्लेजुङ, बागेश्वरी राधापुर स्पोर्टस् क्लब, भद्रकाली प्रवासी हेम्जा समाज, बुद्ध बीबीएफ सी फुटबल टिम, मकालु ब्ल्याक क्याट स्पोर्टस् क्लब, कञ्चनजंघा फुटबल टिम, माउन्ट एभरेष्टयुथ क्लब, लखन थापामगर स्पोर्टस् क्लब, रुप्से छाँगो म्याग्दी स्पोर्टस् क्लब र मुनाल युनाइटेड फुटबल टिम रहेका छन् । यसैगरी समूह बी मा क्रमशः अन्नपूर्ण फुटबल क्लब, डाँडे तामाङ समाज फुटबल टिम, माच्छापुच्छ्रे ग्रुपफोर नेपाली फुटबल टिम, फेवा स्पोटस् टिम, रानीपोखरी युनिटी ब्वाइज क्लब, कस्तुरी सन्ध्याग्रुप फुटबल टिम, कृष्णसागर नेपाल युथक्लब फुटबल टिम, मेचीकाली जनजागृति फुटबल टिम, स्वयंम्भु स्काई स्पोर्टस् क्लब, लालीगुरासँ पूर्वाञ्चल फुटबल टिम, हलेसी स्पोर्टस् क्लब, जनकपुर लालीगुराँस स्पोर्टस् क्लब रहेका छन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्ति तथा जानकारी ः आदरणिय पत्रकार महानुभावहरु, समृद्ध नेपाल निर्माणको परिकल्पना सहित स्थापित संस्था गैरआवासीय नेपाली संघ आज विश्वका ६९ राष्ट्रहरुमा संगठित रुपमा क्रियाशिल छ । समाजका हरेक विधाको उन्नति भएमात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ, समृद्ध समाज नै समुन्नत राष्ट्रको आधार हो भन्ने कुरामा एनआरएनए प्रष्ट छ । सो उद्देश्य पुर्ति गर्नका लागि गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले समाजका हरेक विधामा विभिन्न माध्यमबाट योगदान पुर्याउदै आइरहेको कुरा सर्वविदितै छ । कतारको नेपाली समुदायमा विभिन्न प्रकृतिका प्रतिभाहरु रहेका छन् । साहित्य, संस्कृति, खेलकुद, कलाकारिता लगायत विभिन्न विधामा पोख्त तर लुकेका प्रतिभाहरु रहेको कतारमा विभिन्न समयमा विभिन्न ढंगले हाम्रो योगदान रहँदै आई रहेको छ । यसै सिलसिलामा कतारको नेपाली समुदायमा वढिरहेको फुटवल गतिविधिलाई संस्थागत र समुदायमुखि वनाउन तथा कतारमा रहेका नेपाली फुटबल खेलाडिहरुको प्रतिभालाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ “एनआरएनकप फुटबल २०१४” प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउदछांै । हामी वसोवास तथा काम गर्ने देश कतारले खेलकुदका विभिन्न क्षेत्रमा ठुलो लगानी गर्दै आईरहेको छ । हाम्रो मित्रराष्ट्र कतारले यहाँ कार्यरत आप्रवासी नागरिकहरुको खेल विकासमा समेत सचेत रहँदै विभिन्न समयमा विभिन्न किसिमका प्रतियोगिता गर्ने तथा यस देशमा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा नेपालीहरुको सहभागिता गराउदै आएको सर्वविदितै छ । मित्रराष्ट्र कतारको यस अभियानमा नेपाली समुदायका तर्फवाट समेत योगदान होस् भन्ने उद्देश्य यस प्रतियोगिताको रहेको छ । यो प्रतियोगिताका लागि कतारको स्थापित खेल क्लव अलअरवी स्पोर्ट क्लवले सहयोग गरेको छ । आवश्यक फुटवल मैदान, पुरस्कार लगायतको व्यवस्था सो क्लवले गरेको छ भने अन्य प्राविधिक खर्च एनसिसि कतारले गर्नेछ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौट गरि भविष्यमा कतारमा रहेका अन्तर्राष्ट्रिय समुदायका फुटवल टिमसँग खेल्न सक्ने नेपाली समुदायको “नेपाली फुटवल टिम” निर्माण गरिनेछ । सो प्रतियोगिताको विजयी टिम तथा विभिन्न विधाका सर्वोकृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम तथा खेलाडीका लागि आयोजना समितिले केहि मापदण्डहरु निर्धारण गरेको थियो । जुन कुरालाई हामीले पत्रपत्रिका, वेभसाईट र सामाजिक संजालमार्फत प्रकाशित गरिसकेका छौं । सोहि मापदण्ड वमोजिम जम्मा २४ टिमले टिम दर्ता गरेको जानकारी गराउदछौं । प्रत्येक टिमको नाम राष्ट्रियता झल्कने किसिमका रहेका छन् भने सवै खेलाडीहरु नेपाली नागरिक रहेका छन् । प्रत्येक टिममा एक जना म्यानेजर, कोच र खेलाडि (११+८) गरि २१ सदस्यिय टिम रहेका छन् । जसवाट हामीसँग जम्मा ५०४ जना खेलाडी तथा अफिसियलहरुको सहभागिता रहेको छ । प्रतियोगिता सम्वन्धि तपसिल वमोजिमको जानकारी समेत यहाँहरुलाई जानकारी गराउदछौं । –    प्रतियोगिताका खेलहरु २८ अगष्टबाट शुरु हुनेछन् । सम्पुर्ण खेलहरु विहिवार वेलुका र शुक्रवार दिउसो र वेलुका खेलाईनेछ । –    मध्यपान गरेर आउने, खेल अवधिमा गालिगलौज, अपशव्द प्रयोग गर्ने तथा खेल नियम विपरित कार्य गर्ने खेलाडी वा टिमका सदस्यलाई रेफ्रि र व्यवस्थापन समितिले निषेध गर्न सक्नेछ । –    शुरुवाती सम्पुर्ण खेलहरु ५० मिनेटको दरले खेलाईनेछ भने सेमिफाईनल र फाईनल खेल ९० मिनेटको खेलाईनेछ । साथै खेल निर्धारित समयमा वरावरी भएमा समय थप नगरि पेनाल्टी सुटवाट नतिजा निर्धारण गरिनेछ । –    टिमको आर्थिक तथा प्राविधिक जिम्मेवारी सम्वन्धित संस्था वा टिमले नै लिनुपर्ने सहमति भएको छ । एउटा टिमको सदस्य अर्को टिममा समावेश गर्न नपाईने व्यवस्था गरिएको । –    यो प्रतियोगिताको लागि नेपाली र विदेशी रेफ्रिको व्यवस्था गरिएको छ । –    सम्पुर्ण खेलहरु अलअरवी क्लवको अभ्यास मैदानमा हुनेछन् । आवश्यकता वमोजिम अन्य मैदान प्रयोग गर्नु पर्ने भएमा सो को जानकारी गराईनेछ । –    प्रतियोगिता नकआउट विधिमा खेलाईनेछ । दर्ता भएका टिमलाई मध्यनजर गरेर समय र खेलको समायोजनका लागि १२÷१२ टिमको २ समुह निर्माण गरिएको छ । प्रत्येक समुहको १ र २ अनि ११ र १२ विचको खेल विजेता स्वत क्वाटर फाईनलमा प्रवेश गर्नेछन् भने अन्य खेलका विजेताहरुले दोश्रो चरणको खेल खेल्नु पर्नेछ । यि सवै कुराहरु प्राविधिक सुचिमा उल्लेख गरिएको छ । –    प्रतियोगिता सफल पार्नका लागि कतारमा स्थापित संघ संस्था, वुद्धिजिवी, समाजसेवी, व्यापारी लगायत पत्रकारहरुको सहयोगको अपेक्षा गर्दछौं । –    प्रतियोगिता सम्वन्धि सम्पुर्ण अधिकार एनआरएन एएनसिसिको प्रतियोगिता व्यवस्थापन समिति र आवश्यकता वमोजिम मुल समितिलाई र एनसिसि कतारले यस प्रतियोगिताका लागि निर्धारण गरेको सल्लाहकार समितिलाई हुनेछ । –    टिम तथा खेलाडीहरु सम्वन्धित टिमको खेल हुनु भन्दा ३० मिनेट अगावै मैदानमा आई पुग्नुपर्नेछ । अन्यथा खेल शुरु हुने निर्धारित समयमा उपस्थिती नजनाउने टिमलाई पराजित घोषणा गरि प्रतिद्धन्दी टिमलाई विजेता घोषित गरिनेछ ।