Navigation
NRNA Qatar News

मोहनी लाग्ला है कतारमा

Sep 25, 2023
दोहा (कतार), फाल्गुन १३ - कतारको दोहास्थित हमाद स्टेडियममा तनहुँकी सुवित्रा थापा कसैको पर्वाह नगरी सयौं पुरुषको बीचमा दिल फुकाएर नाच्दै थिइन् । त्यही स्टेडियमामा गायक यम बराल र गायिका रेश्मा सुनुवारले 'मोहनी लाग्ला है...' गाइराख्दा सुवित्राको नाचले वरिपरिकालाई मोहनी नै लगाएको थियो । 'हजारौं दर्शकलाई एकसाथ स्टेडियममा नचाउनु जीवनकै पहिलो क्षण हो,' निकै मख्ख देखिएका बरालले भने, 'दर्शकको मानसिकता बुझेर विछोडका संगीत र गीत दिन मन लागेन ।' स्थानीय अलअरबी स्पोर्टस् क्लबको समन्वयमा गैरआवासीय नेपाली संघ कतारले स्टेडियममा फुटबल र यम-रेश्माको प्रस्तुति राखेको थियो । यमले 'निष्ठुरीले छोडेर गइहाली...', 'बादलुको घुम्टोले इलाम बजार छोपिँदा...', देखि 'लुकूँलुकूँ लाग्यो मलाई..., 'बादलजस्तो त्यो कालो केशमा...' बोलको गीत गाउँदा सुरक्षा- कर्मीलाई माहोल नियन्त्रणमा गार्‍हो परेको थियो । सुनुवारले उनलाई स्थापित गरेको 'मै ठूली भै'छु रे...', गाउँदा मञ्चमै आउन कोसिस गर्ने धेरै थिए । लगत्तै उनले 'झिम्क्याइदेऊ परेली...' लगायत गीत गाइन् । दुवैले चलचित्र 'चिनो'को बहुचर्चित गीत 'मोहनी लाग्ला है...' गाउदा दर्शक निकै रमाएका थिए । 'दर्शकको स्थिति हेर्दा यो अभियानलाई निरन्तरता दिनुपर्ने देखियो,' एनआरएन कतारका अध्यक्ष मक्सुद अलामले भने । - See more at: http://www.ekantipur.com/np/2070/11/13/full-story/384727.html#sthash.42AkAKDY.TYOSN97a.dpuf