Global News
एनआरएन कतारको छैठौ राष्ट्रिय महाधिवेशन
खाडीमा काम गर्ने नेपालीहरुको बाध्यताः शेष घले
घनश्याम पराजुली (कृष्ण)
दोहा । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले खाडीमा काम गर्ने थोरै नेपालीहरुको थाेरै रहर र धेरैको बाध्यता भएको बताएका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको छैठौ राष्ट्रिय महाधिवेशनको दोहास्थित क्राउन प्लाजाको विजनेश पार्कमा उद्घाटन गर्दै घलेले विदेशमा काम गर्न आउनु नेपालीहरुको बाध्यता भएको उल्लेख गरे ।
‘विमानस्थलमा भर्खर स्कुल पढ्ने उमेरका युवाहरु बैदेशिक रोजगारका लागि लाईन बसिरहेको देख्दा रातभर निद्रा लागेन,’ उनले भने, ‘नेपालीहरु कहिलेसम्म विदेश काम गर्न जानुपर्ने पर्ने हो ?’ हरेक बर्ष रोजगारीमा जाने १ हजार ५ सय युवाहरुले ज्यान गुमाएको उल्लेख गर्दै उनले यो क्रमसम्म चलिरहने भन्ने चिन्ता लागेको बताए ।
उनले मानव बेचबिखनलाई कसरी रोक्न सकिन्छ भनेर अफि्रकी मुलुकका डान्सबार सम्म पुगेको स्मरण गरे । दुतावास पुग्न नसकेको ठाउँमा एनआरएनएले काम गरिरहेको जानकारी दिँदै उनले कल्याणकारी कोषको बारेमा पनि अवगत गराए ।
भूकम्पपीडितको सहयोगका लागि एनआरएनएले गरेको अभियानबारे प्रष्टपार्दै घलेले आफू दुःखमा रहेर पनि सहयोग गर्ने प्रवासीहरु सच्चा नेपाली रहेको बताए । एनआरएनए कतारले जस्तासुकै चुनौतीमा पनि अग्रस्थानमा काम गरेको भन्दै उनले प्रशंसा गरे । बैदेशिक रोजगारमा जाने युवाहरुका लागि एनआरएनएले सूचना केन्द्र स्थापना गरेको पनि जानकारी गराए ।
आगामी दिनमा अथाह सम्भावना र विशाल चुनौती रहेकाले आफ्नो स्वार्थका लागि संस्थालाई नमुछ्न आग्रह गर्दै घलेले नेतृत्व गर्ने कुरालाई हल्का रुपमा लिन नहुने उल्लेख गरे ।
कार्यक्रममा कतारस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत मणीरत्न शर्माले दुतावाससँग एनआरएनए कतारको सहकार्य तथा विदेशमा भाइचाराको विकासका लागि एनआरएनहरुको भूमिकाको प्रशंसा गर्दै सरकारले समेत मद्धत गरिरहेको बताए ।
एनआरएनएका उपाध्यक्ष टीबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मलेशिया लगायत खाडी मुलुकका समस्याहरुबारे बताउदै भूकम्पपीडितको सहयोगमा एनआरएनएको अभियानबारे जानकारी दिए ।
महासचिव कुमार मन्तले ‘नेपालमा गरिवीका कारण २० बर्षको लक्का जवान बुढो भएर नेपाल फर्किने सम्भावना औंल्याए । युवाहरुको पलायनकै कारण मुलुकको विकास पछाडि परेको उल्लेख गरे । सचिव रन्जु थापाले खाडी क्षेत्रमा महिलाहरुले पाउने दुःखको महशुस आफूलाई समेत भएको बताईन् ।
कार्यक्रममा एनआरएनएका सल्लाहकार तथा आगामी कार्यकालको नेतृत्वका आकांक्षी रतन झाँले समय, क्षमता र स्रातेलाई प्रयोग गरेर नेपाललाई सहयोग गर्नुपर्ने बताए ।
सल्लाहकार नरेन्द्र भाटले मध्यपुर्वमा २० लाख नेपालीहरु कार्यरत रहेको र सबैका प्रायः एकैखाले समस्या रहेको बताए ।
कार्यक्रममा बहाराईनका आईसीसी सदस्य जेवी सापकोटा र ओमानका प्रतिनिधि डिबी क्षेत्रीले गल्फ संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
कार्यक्रमका विशेष अतिथी एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपालले संस्थाको स्थापनाकाललाई स्मरण गर्दै सच्चा नेपाली सपुतको रुपमा एनआरएनएले काम गरेको बताए ।
कहिँलेकाँही एनआरएनएका बारेमा नराम्रा कुरा सुन्दा मुटु दुख्ने गरेको बताउदै संस्थामा काम गर्ने चाहाना हुनेको भिडलाई सकरात्मक रुपमा लिनुपर्ने उनले बताए । एनआरएनए कतारका संस्थापक अध्यक्ष कमलमण्ी गुरागाईले संस्थाको महाधिवेशन शुरु हुदै गर्दा विभिन्न आरोप लागे पनि अन्त्यमा नेतृत्व धन्यवादको पात्र बन्ने गरेको बताउदै साझा सस्थालाई साझा रुपमा हेरिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न अभियानमा एनआरएनए एनसीसी कतारलाई सहयोग गरेको भन्दै कतारमा स्थापित संघसंस्था तथा व्यक्तित्वहरु, संस्थामा सक्रिय भूमिका खेल्ने टिम तथा अग्रजहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
एनआरएनए एनसीसी कतारले महाधिवेशनमा प्रकाशित मुखपत्र ‘ दोहा द्रपर्ण’ को छैठौं अंकको एनआरएन अध्यक्ष घलेले बिमोचन गरेका थिए ।
एनआरएन कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा भएको उद्घाटन समारोहको सञ्चालन महासचिव बिनोद भट्टराईले गरेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/312431/#sthash.D1kxaBTg.IGLVrW0m.dpuf