Navigation
Global News

____ध्यान आकर्षण_____

Sep 25, 2023
यमन सँगको निर्धारित खेल खेल्न कतार आइपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत गर्न गत २३ मार्च राति दोहा अन्तराष्ट्रिय बिमानस्थलको आगमन कक्ष अगाडी भेला भएर आपसी कुराकानी गर्ने क्रममा एनआरएनए एनसीसी कतार अध्यक्ष मक्सुद आलम तथा नेपाल पत्रकार महासंघ कतारका सभापति रवि भट्ट रोषी बीच भएको घटनालाई लिएर सामाजिक संजाल तथा मिडियाहरुमा संपे्रषित सुचना, टिका टिप्पणी र नेपाल पत्रकार महासंघ कतार शाखाको नाममा मिति उल्लेख नगरिकन घटनामा सम्बन्धित व्यक्ति रबि रोषी स्वयंको समेत हस्ताक्षर सहित प्रेषित प्रेस विज्ञप्ती प्रति एनआरएनए एनसीसी कतारको ध्यान आकर्षण भएकोछ । भएको घटना तथा त्यसपछि क्रमिक रुपमा गरिएका आपसी छलफल तथा समन्वयलाई समेत तोडमोड गरि अतिरंजित रुपमा सार्वजनिक भएका विवरणहरुले हाम्रा सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक, सर्वसाधारण तथा सिङ्गो एनआरएनए संजाल भित्र पर्न आएको दुविधा र अष्पटतालाई एनआरएनए एनसीसी कतार निम्न कुराहरु द्धारा स्पष्ट पार्दछ । ___घटना चित्रण____ अन्तराष्ट्रिय स्तरको खेल खेल्न कर्मभुमि कतार आउदै गरेको राष्ट्रिय टोलीलाई स्वागत गर्न साझा संस्थाको रुपमा समुदायको प्रतिनिधित्व गर्दै एनसीसीको टोली एअरपोर्टमा पुगेको थियो । फ्लाईट ढिला भइ केहि समय पखर्ने क्रममा मक्सुद आलम र रामहरी गैरे बीचमा कुराकानी भइरहेको अवस्थामा रबि रोषिले समेत सवाल जवाफ गर्नुभएको थियो । सोहि सवाल जवाफका क्रममा मक्सुद आलमले कतारको कानुन वमोजिम गलत समाचार सम्पे्रषण गरेमा अवैध हुने, प्रहरीले पक्रन सक्ने उदाहरण दिदै क्यामेराको झोला समातेको कुरा सत्य हो । तत्कालै त्यहा उपस्थित सबले एक स्वरमा जसले जे सोच र नियतले जसरी गरेको भएपनि सो घटना अशोभनिय भएको र गर्न नहुने भन्दै यस बिषयलाई खेल (२५ मार्च ) पश्चात बसेर छलफल गर्ने भद्र समझदारी सहित साम्य भएको थियो । त्यसको निकै समय पश्चात आइपुगेका खेलाडीहरुलाई हार्दिकताका साथ सबैले स्वागत गरि त्यहाँ उपस्थित सवैजना विदा भईएको थियो । रबि रोषिले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नु भए जस्तो हातपात, लछार पछार केहि नभएको, २४ घण्टा कडा सुरक्षा व्यवस्था भइरहने अन्तराष्ट्रिय बिमान स्थल अगाडी त्यस्ता घटना भएमा अवश्य पनि सुरक्षा निकायले समेत निगरानी गर्ने यथार्थता भन्दा फरक रुपमा उहाँले लेख्नुभएको विवरणहरु अतिरंजित छन् । बसेर छलफल गर्ने समझदारी भईसके पश्चात एक्कासी पुर्वाग्रहि आशयको स्ट्याटस आउदा सिङ्गो एनआरएनए अभियान (जसको उहाँ आफै एक जिम्मेबार सदस्य हुनुहुन्छ) र नेपाली समुदायको बीच कायम धार्मिक सहिष्णुतालाई समेत आँच पुग्ने गरि टिका टिप्पणी थपिएका छन् । यसमा एनसीसी कतारको बिशेष ध्यानाकर्षण भएकोछ । __एनआरएनएले पहल गरेन भनेर गरिएको आरोप सम्बन्धमा___ एनआरएनए एनसीसी कतारका अध्यक्ष स्वयं सम्बन्धित घटना एक्कासी संजालहरुमा आइसके पश्चात आइसीसीको समेत स्वभाविक चासो बढ्नुका साथै कतारमा रहनुभएका आइसीसी उपाध्यक्ष (बिरामी अवस्थामा नै भए पनि) र सदस्य अमृत गुरुङले घटनालाई छलफल मार्फत समाधान गर्न प्रयाप्त पहल गर्नु भएकोछ । एनसीसीलाई प्राप्त जानकारी अनुसार ः ** २५ मार्चमा खेल पश्चात आइसीसी सदस्य अमृत गुरुङले निज रबि रोषिलाई त्यहि दिन बसेर त्यो बिषयलाई टुङग्याउन अनुरोध गर्दा नभ्याउने जानकारी दिइएको । ** २६ मार्चमा पुन अमृत गुरुङसँग रबी रोषिको फोन वार्ता हुदा बसेर छलफल गर्न तथा आत्माआलोचना गर्न गराउन तयार रहेको जानकारी दिइएको र त्यस अनुसार भेला गर्नको लागि रबि रोषि स्वयं जिम्मेबारी लिइएको जानकारी प्राप्त भएकोले एनसीसी छलफलको लागि तयारी अवस्थामा रहेको थियो तर भेलाको जानकारी आउनुको सट्टा अप्रत्याशित प्रेस विज्ञप्ती आएको । ** त्यस अवधिमा मक्सुद आलमले रबि रोषिलाई फोन गर्दा नउठे पश्चात म्यासेज पठाएर भेट्न अनुरोध गरेको, पत्रकार महासंघका सचिव दीपक पुडासैनि सँग एनसीसी महासचिव र अध्यक्ष सँग समाधानका लागि छुट्टा छुट्टै फोनमा कुराकानी भएको, नेपाल पत्रकार महासंघका सभापति रबि रोषि र एनआरएनए आईसिसिका सदस्य अमृत गुरुङ समस्या समाधानका लागि प्रत्येक दिन सम्पर्कमा रहेको, रबि रोषीले आफैले आइसीसी उपाध्यक्षलाई भेटेर आफु मिल्न तयार रहेको जानकारी समेत गरिसकेको, पत्रकार महासंघका उपाध्यक्ष गणेश बन्जाडे समेत एनसीसी उपाध्यक्ष कुमार कार्की र अमृत गुरुङ सँग नियमित सम्पर्कमा रहेको अवस्थामा एनआरएनएले समाधानको लागि पहल गरेन भन्ने आरोप पुर्णरुपमा गलतछ । एनआरएनए एनसीसी कतार कतारमा कार्यरत नेपालीहरुको एक मात्र साझा संस्थाकोरुपमा यहाँ कार्यरत नेपालीहरुको सुख दुखमा सक्दो साथ दिदै आइरहेकोछ । नेपालीलाई कतारबाट डिर्पोट गर्ने चर्चा चल्दा देखि विभिन्न कारणले सँजाय भोगेकाहरुका बिषयमा समेत एनसीसी कतारले सदैव नेपालीहरुको पक्षमा मात्र वकालत गरेकोछ, सक्दो सहयोगको पहल गरेको छ र गरिरहनेछ । तर बिडम्बना एक सक्रिय परिषद् सदस्य रबि रोषि र अध्यक्ष बीचको बिषय संस्था भित्र नै समाधान हुने सम्भावना हुदा हुदै रबि जीले यो बिषयलाई यति धेरै चर्चा चलाउनु भयो तर एनसीसीलाई संस्थागतरुपमा समाधानको लागि कुनै जानकारी गराउनुभएको छैन र पत्रकार महासंघ कतार शाखाले पनि कुनै संस्थागत जानकारी पठाएर छलफलको लागि सहजता प्रदान गरेको छैन । मात्र पत्रकार महासंघको लेटर प्याडमा कडा शब्दहरु र भत्र्सना सहितको प्रेस विज्ञप्ती जारी गरियो । एक जिम्मेबार संस्थाले आफ्नो प्रेस विज्ञप्तीमा लेखिएका बुदाहरु आफ्ना सदस्यहरु जो एनआरएनए एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरु समेत हुनुहुन्छ उहाँहरुलाई पर्न सक्ने संस्थागत कठिनाईहरुलाई तथा विश्वव्यापी संजाल रहेका दुवै संस्थाहरुको दिर्घकालिन सम्बन्धलाई समेत ध्यान दिएर नै लेखिएकोछ भन्ने बुझाई एनआरएनए एनसीसी कतारकोछ । एनआरएनए एनसीसी नितान्त समुदायको हितका लागि क्रियाशिल सामाजिक संस्थाहो । यो संस्था कतारमा घटेका कुनै पनि घटनाहरुलाई आपसी छलफलबाट तथा समझदारी समाधान गर्न, पदाधिकारी तथा सदस्यहरुबाट भएका कमि कमजोरीहरु प्रमाणित भएमा सच्याएर जान सदैव तयार छ तर नियतवश सिङ्गो संस्था, संस्थामा आबद्ध पंजिकृत सदस्यहरुको भावना तथा सम्पूर्ण नेपाली समुदायको प्रतिष्ठालाई नै ठेस पुग्ने गरि लगाइएका आरोप तथा लाल्छनाहरु प्रति असहमति राख्दछ । अन्त्यमा यस घटनालाई समाधानको लागि कतारमा रहनुभएका आइसीसीका पदाधिकारीहरुले समन्वय गरिरहनुभएकोले उहाँहरुको पहलमा निस्कने समाधानलाई स्विकार गरि अगाडी बढ्न एनसीसी कतार तयार रहेको जानकारी सम्बन्धित सबैमा अनुरोध छ । बिनोद प्रसाद भट्टराई महासचिव