Navigation
Global News

NRNA NCC Qatar to welcome Nepal National Team in Doha

Sep 25, 2023
ओमन र नेपालबीच मैत्रीपूर्ण फुटबल कतारको चर्चित क्लब अलअरबी स्पोर्टस् क्लबमा २५ मार्च २०१४ का दिन बेलुका ६ बजेदेखि मैत्रिपूर्ण फुटबल आयोजना huna गईरहेको छ । विभिन्न मिडियाले दिएका समाचार र एनआरएन एनसीसी कतारले जारी गरेको फेसबुक स्टाटसमा सो कुरा उल्लेख गरिएको छ । फिफाको तालिका बमोजिम नै आयोजना हुन लागेको सो खेलकुद मंगलबार परेको भएपनि नेपालको राष्ट्रिय टिमलाई हौषला प्रदान गर्न कार्यव्यस्तताका बाबजुद पनि सो क्लबको खेलमैदानमा नेपालीको संख्या अत्याधिक हुने अनुमान गरिएको छ । १२ हजारभन्दा बढी दर्शक अट्न सक्ने सो क्लबमा उपस्थित भएर बेलैमा आफ्नो सिट सुरक्षित गर्न समेत एनआरएनए एनसीसी कतारले फेसबुकमार्फत आब्ह्वान गरेको छ । तपाई पनि जाने होइन् छुट्न् होला है ? मार्च २५ तारिख बेलुका ६ बजेदेखि अलअरबी स्पोर्टस् क्लबमा रोमाञ्चक फुटबल हेर्ने सुनौलो अवसर नगुमाऊ । http://www.goalnepal.com/news.php?id=19559